
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपालले आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ८५ करोड २ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ३ अर्ब १ करोड २५ लाख ६३ हजार रुपैयाँ नाफा कमाएको बैंकको नाफा समीक्षा अवधिमा ५.३८ प्रतिशतले घटेको हो ।
बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद ब्याज आम्दानी पनि ११.६२ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ अर्ब ४६ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत वर्ष ३ अर्ब ९४ करोड ३२ लाख ९६ हजार रुपैयाँमा सीमित भएको छ ।
यद्यपि, खुद शुल्क तथा कमिसन आम्दानीमा भने सुधार देखिएको छ। समीक्षा अवधिमा बैंकले १ अर्ब ४८ करोड ३६ लाख ४६ हजार रुपैयाँ शुल्क तथा कमिसन आम्दानी गरेको छ, जुन अघिल्लो वर्षको १ अर्ब ३६ करोड २३ लाख ३४ हजार रुपैयाँभन्दा बढी हो ।
बैंकको कुल सञ्चालन आम्दानी भने ६ अर्ब ५७ करोड ४७ लाख १० हजार रुपैयाँबाट घटेर ६ अर्ब ४० करोड ७५ लाख ४४ हजार रुपैयाँमा पुगेको छ । त्यसैगरी सञ्चालन नाफा पनि अघिल्लो वर्षको ४ अर्ब ६८ करोड ६७ लाख ५७ हजार रुपैयाँबाट घटेर ४ अर्ब १६ करोड ५१ लाख ५० हजार रुपैयाँमा सीमित भएको छ ।
गत आर्थिक वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ९१ करोड १५ लाख ९२ हजार रुपैयाँ रहेको छ । यसका आधारमा बैंकको लाभांश वितरण क्षमता १९.०४ प्रतिशत पुगेको छ । १० अर्ब ४ करोड २३ लाख ६८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १० अर्ब ७१ करोड ९० लाख ३५ हजार रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन १७.८२ प्रतिशतले बढेर १ खर्ब ४७ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब २५ अर्ब ३३ करोड ८८ लाख रुपैयाँ निक्षेप संकलन गरेको थियो ।
तर कर्जा प्रवाह भने ९.४१ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ७२ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेको बैंकले गत असारसम्म ६६ अर्ब ३ करोड २१ लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेको छ । बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ४७.२४ प्रतिशत रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) अघिल्लो वर्षको ३० रुपैयाँबाट घटेर २८ रुपैयाँ ३८ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ २२५ रुपैयाँ ८० पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) २३.५ गुणा कायम भएको छ ।
यता निष्क्रिय कर्जा (एनपीएल) १.४१ प्रतिशतबाट बढेर २.०३ प्रतिशत पुगेको छ। यद्यपि बैंकको पुँजी पर्याप्तता अवस्था भने सुदृढ रहेको छ । टियर–वान क्यापिटल एडुकेसी रेसियो अघिल्लो वर्षको १५.७५ प्रतिशतबाट बढेर १६.६८ प्रतिशत पुगेको छ भने समग्र क्यापिटल एडुकेसी रेसियो १८.१३ प्रतिशत कायम रहेको छ ।












समाचार
भदौका लागि पनि घट्यो वाणिज्य बैंकहरूको औषत ब्याजदर, कुन बैंकको कति ?
शिखर इन्स्योरेन्सको नाफा १३ कोड बढी, बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?
सन नेपाल लाइफको नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७ प्रतिशतले वृद्धि
लक्ष्मीले कमायाे ३ अर्ब माथि नाफा, इपीएस कति ?
वित्तीय सूचकमा सुधार गर्दै नेपाल बैंक, ४ अर्ब ५० करोड खुद नाफा
एनआईसी एशिया बैंक एक वर्षमै नोक्सानीबाट नाफामा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९% ले घट्यो
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
नेशनल लाइफको जीवन बीमाकोष खर्बमाथि, यस्ता छन् कम्पनीका वित्तीय सूचक ?
दाजुभाइको दीर्घायुको कामना गर्दै मनाए रानाथारू महिलाले तिज