
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य बढेको छ भने युरो र पाउण्डको मूल्य भने घटेको छ । अघिल्लो दिन स्थिर रहेको डलरको मूल्य बढेको छ भने अघिल्लो दिन बढेको युरो र पाउण्डको मूल्य सामान्य घटेको हो ।
नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा पुगेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५३ पैसा रहेको थियो । अघिल्लो दिन बढेको युरोको विनिमयदर आज घटेको छ । आज एक युरोको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा कायम भएको छ । अघिल्लो दिन एक युरोको खरिददर १४९ रुपैयाँ ८९ पैसा र बिक्रीदर १५० रुपैयाँ ५६ रुपैयाँ रहेको थियो ।
यसैगरी मंगलबार बेलायती पाउण्डको विनिमयदर पनि घटेको छ । आज एक पाउण्डको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा कायम भएको छ । सोमबार पाउण्ड एकको खरिददर १७६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १७७ रुपैयाँ ७५ पैसा रहेको थियो ।
राष्ट्र बैंकका अनुसार मंगलबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ १६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ६० पैसा रहेको छ । मंगलबार सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ७८ पैसा र बिक्रीदर १०३ रुपैयाँ २४ पैसा कायम भएको छ ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ २९ पैसा र बिक्रीदर ९ रुपैयाँ ३३ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७० पैसा र बिक्री दर ३५ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा कायम भएको छ । मंगलबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६३ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्री दर ३० रुपैयाँ ९५ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १० पैसा छ भने बिक्री दर १० रुपैयाँ १४ पैसा रहेको छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?