
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेकाले मनसुनी प्रभाव कायमै रहेको हो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुको प्रभाका कारणले गर्दा हाल कोशी र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको छ । बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ ।
बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा भारी वर्षाको सम्भावना रहेकोले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।













समाचार
कालीगण्डकीको कटान हेर्ने क्रममा लडेर एक जनाको मृत्यु
कोहली र गिलको शतकमा वेस्ट इन्डिजमाथि भारतको सहज जित
सूचनामा विश्वव्यापी पहुँचको अन्तर्राष्ट्रिय दिवस नेपालमा मनाइँदै
नेपाल फार्मेसी परिषद्को सदस्य नियुक्ति प्रक्रियाप्रति फार्मेसी संघको विरोध, निष्पक्ष छानबिनको माग
दसैँ–तिहारको यातायातबारे छलफल गर्न पूर्वाधार विकास समितिको बैठक आह्वान
सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै
पश्चिमी र मनसुनी वायुको दोहोरो प्रभाव : यी क्षेत्रमा हिमपात र वर्षाको सम्भावना
यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर
सम्पदा र पर्यटन जोड्न नाट्टा हेरिटेज रन, पुरुषतर्फ रविन्द्र र महिलातर्फ सुजिनालाई उपाधि
२ महिनामै ९ अर्ब ७४ करोडको स्मार्टफोन आयात