
काठमाडौं । त्रिभुवन विश्वविद्यालय योजना निर्देशनालयको निर्देशकका लागि ५ जनाको सर्टलिस्ट सार्वजनिक भएको छ । छनौट समितिले आवेदन परेका ८ जनामध्ये वर्णानुक्रमअनुसार ५ जनाको सर्टलिस्ट सार्वजनिक गरेको हो ।
जसमा प्राडा नारायण प्रसाद बेल्वासे, डा. प्रेम बहादुर थापा, डा. लक्ष्मीकान्त शर्मा, प्राडा शोभाकान्त लामिछाने र प्राडा ज्ञानबहादुर थापा रहेका छन् । निर्देशकका लागि सर्टलिस्टमा परेका बाहेक प्राडा एकारत्न आचार्य, डा. होम बहादुर बाँनिया, डा. खोमराज खरेलले आवेदन दिएका थिए ।
आवेदन परेकाहरूमध्ये त्रिवि सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम २०८१ को परिच्छेद १० को ५(ख) बमोजिम सर्टलिस्ट निकालेको हो । सर्टलिस्टमा परेकाहरूको असोज १५ गते दिउँसो १ बजेदेखि प्रस्तुति र अन्तर्वार्ता हुनेछ । त्रिवि सभा तथा कार्यकारी परिषद्को सचिवालय अन्तर्गत योजना आयोगको निर्देशनालयको निर्देशक छनौट समितिले भदौ १७ गते सूचना जारी गर्दै निर्देशकका लागि आवेदन माग गरेको थियो ।














समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ : प्राधिकरण
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला