काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । गत हप्ताको बिहीबार सामान्य बढेको सेयर बजार आज ४७ दशमलव ४४ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा परिसूचक २७०० विन्दुभन्दा तल झरेको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २६९७ दशमलव ९१ विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबारभन्दा १.७२ प्रतिशतको गिरावट हो। आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२६ कम्पनीको सेयर मूल्य घटेको छ भने १८ वटाको मात्रै मूल्य बढेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ९१ अंकले घटेर ४८७ दशमलव ३९ विन्दुमा पुगेको छ । आजको कारोबार बन्द हुँदा १३ वटा उपसूचकको परिसूचकमध्ये १२ वटाको सेयर मूल्य घटेको छ भने एउटाको स्थिर रहेको छ ।
परिसूचक घटेको दिन कारोबार रकममा भने सुधार देखिएको छ । गत साताको बिहीबार ६ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ८ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३१५ कम्पनीका २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८८ हजार ७१४ पटक खरिद बिक्री हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
एभीएमका प्रजित र वियंका च्याम्पियन
१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन
मंगोलियाका आउटसाइड हिटर उरानबायरले अन्नपूर्णबाट एनपिएल खेल्ने
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज
बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन निर्माण व्यवसायी महासंघले सवारी साधन जुटाउँदै
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग
जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
नेपाल शेर्पा संघले संकलन गर्यो भोटेकोशी बाढीमा बेपत्ता शेर्पाहरूको विवरण
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम