काठमाडौं । नेपालले अमेरिका विरुद्धको टि–२० सिरिज क्लिन स्वीप गरेको छ । आज सम्पन्न तेस्रो तथा अन्तिम खेलमा अमेरिकालाई ८ विकेटले पराजित गर्दै नेपालले सिरिज क्लिन स्वीप गरेको हो ।
अमेरिकाले दिएको १५७ रनको लक्ष्य नेपालले १८ औभरमा ४ बलमा २ विकेट गुमाएर पुरा गरेको हो । नेपालका लागि आशिफ सेखले ५० रनको योगदान दिए । त्यस्तै कुशल मल्लले अविजित ४४ रन बनाए । कुशल भुर्तेलले पनि ४० रनको अविजित पारी खेले । त्यस्तै ओपनर अनिल साहले १३ रनको पारी खेले । अमेरिकाका लागि जुआनोय ड्रिसडेल र जसदीप सिंहले १–१ विकेट लिए ।
यस अघि डालासमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनाएको थियो । अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए ।
अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्रो खेलमा सुपर ओभरमा विजयी भएको थियो । टी–२० सिरिज पछि घरेलु टोली अमेरिका, नेपाल र स्कटल्यान्डबीच आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय सिरिज हुनेछ ।













समाचार
ठेकेदारको लापरबाहीले तीन महिनादेखि, दुई सय परिवार खानेपानीबाट वञ्चित
एभर्टनको विजयी सुरुवात
यस्तो छ आज कालीमाटीमा कृषिउपजको थोक मूल्य
एस्पीको निर्णायक गोलमा रियलको विजयी सुरुवात
बङ्गालको खाडीमा २४ जना सवार मालवाहक जहाज डुब्यो
म्यानचेस्टर युनाइटेड हलसँग पराजित
जिम्बाब्वेका सिकन्दर राजाले चितवन राइनोजबाट एनपीएल खेल्ने
प्रभु महालक्ष्मी लाइफको १३ लाख बढी कित्ता संस्थापक सेयर बिक्रीमा, सबैले किन्न पाउने
साढे दुई दशकपछि फेरि गुञ्जियो लुमको आवाज
गरिमा चौधरीका अभिभावकसँग सरकारको सहमति, न्याय र पुनर्निर्माणका लागि तीनबुँदे प्रतिबद्धता