
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा वाणिज्य बैंकहरुको नाफा २१.६३ प्रतिशले बढेको छ। पहिलो त्रैमासिकको विवरणअनुसार असोज मसान्तसम्म २० वाणिज्य बैंकको खुद नाफा २१.६३ प्रतिशतले बढेको हो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा वाणिज्य बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख १ हजार रुपैयाँ नाफा कमाएका छन् । गत आवको सोही अवधिमा बैंकहरुको यस्तो नाफा १३ अर्ब ३४ करोड ४८ लाख ४० हजार रुपैयाँ रहेको थियो ।
असोज मसान्तसम्म धेरै नाफा कमाउने बैंकको पहिलो स्थानमा नबिल बैंक रहेको छ । यो बैंकले चालु आवको पहिलो तीन महिनामा २ अर्ब ५ करोड ६५ लाख ९० हजार रुपैयाँ नाफा आर्जन गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.९७ प्रतिशतले बढी हो ।
धेरै नाफा कमाउने बैंकको दोस्रो स्थानमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले तीन महिनामा १ अर्ब ५१ करोड २१ लाख ४० हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २३.३६ प्रतिशत बढी हो । चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड ४० लाख ७५ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।
यो अवधिमा प्राइम कमर्सियल बैंकले १ अर्ब २८ करोड ६७ लाख ८७ हजार, एनएमबि बैंकले १ अर्ब १४ करोड ५६ लाख ३ हजार, एभरेष्ट बैंकले १ अर्ब १२ करोड ७७ लाख ४ हजार र कुमारी बैंकले १ अर्ब ७ करोड ८१ लाख ७७ हजार रुपैयाँ नाफा कमाएका छन् ।
त्यस्तै प्रभु बैंकले १ अर्ब ४ करोड ६ लाख ५७ हजार नाफा आर्जन गरेको छ । स्टयान्डर्ड चार्टर्ड बैंकले ८६ करोड २२ लाख १ हजार, नेपाल एसबिआई बैंकले ८१ करोड ४६ लाख ५१ हजार, हिमालयन बैंकले ७२ करोड ६४ लाख ३२ हजार, नेपाल बैंकले ६० करोड २१ लख ९८ हजार र लक्ष्मी सनराइज बैंकले ५३ करोड ६३ लाख ५९ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्म माछापुच्छ्रे बैंकले ५० करोड ३२ लाख ६३ हजार, सानिमा बैंकले ३९ करोड ९५ लाख ३० हजार, सिद्धार्थ बैंकले ३८ करोड २० लाख ८४ हजार, सिटिजन्स बैंकले २४ करोड ६ लाख ९९ हजार, कृषि विकास बैंकले १९ करोड ९ लाख २३ हजार, राष्ट्रिय वाणिज्य बैंकले १५ करोड १३ लाख २ हजार र एनआईसी एशिया बैंकले ११ करोड ५ लाख २६ हजार रुपैयाँ नाफा कमाएका छन् ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाको अवधिमा ११ वटा वाणिज्य बैंकको नाफा वृद्धि भएको छ भने ७ वटाको नाफामा गिरावट आएको छ । असोज मसान्तसम्म एनआईसी एशिया, राष्ट्रिय वाणिज्य बैंक, सिटिजन्स बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैंक, हिमालयन र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा घटेको छ । अन्य बैंकको नाफा भने बढेको छ ।













समाचार
पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला