
काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो ।
राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध संस्था, अन्य अन्तरराष्ट्रिय क्षेत्रीय र उपक्षेत्रीय संस्था, नागरिक समाज, निजी क्षेत्र, वातावरण एवं शैक्षिक अभियन्तालाई तालको महत्वबारेमा शिक्षा प्रदान गर्दै तिनको संरक्षण गर्नु यो दिवसको मुख्य उद्देश्य हो ।
संयुक्त राष्ट्रसङ्घका अनुसार पृथ्वीमा ११ करोड ७० लाखभन्दा बढी ताल छन् । तिनले विश्वको जमिनको चार प्रतिशत भाग ओगटेका छन् । प्रदूषण र ‘मिथेन’ उत्सर्जनका कारण वातावरणीय नोक्सानिका साथै ताजा पानीका स्रोतहरू घट्दै गएको सन्दर्भमा यो दिवस मनाउनुको सान्दर्भिकता बढेको छ ।
मानवका निम्ति पेयजलको आपूर्ति, कृषि र उद्योगका लागि उत्पादनको महत्त्वपूर्ण स्रोत तालहरूले जैविक विविधता कायम राख्न अनगिन्ती प्रजातिका माछा, बोटबिरुवा र वन्यजन्तुलाई जीवन दिएका छन् । बढ्दो विश्वव्यापी तापक्रम वृद्धिले तालहरू सुक्दै गएका छन्भने बरफ पग्लने क्रम पनि बढिरहेको सन्दर्भमा तालतलैयाको संरक्षणलाई महत्त्वपूर्ण मानिएको छ ।













समाचार
एनआरएनएको ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन आजदेखि
भोजपुरको डाँडा गाउँमा ‘एक घर, एक धारा’को पहुँच
दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै
साताको सेयर : स्थिर जस्तै पुँजी बजार, हप्तामा ६ अंकले घट्दा कतिको भयो कारोबार ?
एप्पलले चीनको बजारका लागि आफ्नै स्वामित्वको एआई मोडल तयार गर्यो, अलिबाबाले सघाए
हप्ता दिनमै ४ हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य, तोलाको कति ?
इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प, सुनामीको चेतावनी
देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको सटहीदर
‘विद्यमान कानुनबाट नै निजी क्षेत्रलाई पावर ट्रेडिङको लाइसेन्स दिन सम्भव’