
काठमाडौं । म्याड्रिड डर्बीमा रियल म्याड्रिडले नराम्रो पराजय भोगेको छ । एट्लेटिको म्याड्रिडले भने ७५ वर्षपछि पहिलोपटक शहर प्रतिद्वन्द्वी विरुद्ध एकै खेलमा ५ गोल गर्न सफल भयो ।
एट्लेटिकोले शनिवार भएको खेलमा ५–२ को जित निकाल्दै रियलको अपराजित यात्रामा पूर्णविराम लगाइदिएको छ । एट्लेटिकोले म्याड्रिड डर्बीमा कम्तीमा ५ गोल गरेको यो सहित चौथो पटक मात्र हो । यसअघि सन् १९५० नोभेम्बरमा भएको खेलमा एट्लेटिकोले रियललाई ६–३ ले हराएको थियो । यो सिजन रियलले पहिलो हार बेहोरेको छ । रियलले ला लिगाका सुरुवाती ६ खेल जितेका थियो । खेलमा डिएगो सिमियोनेको टोलीलाई रोबिन नर्मान्डले १४ औं मिनेटमा सुरुवाती अग्रता दिलाए । तर त्यसलाई रियलका किलियन एमबाप्पेले २५ औं मिनेटमा बराबरी र अर्दा गुलरका ३६ औं मिनेटमा गोल गर्दै अग्रता दिलाए ।
तर पहिलो हाफको इन्जुरी समयमा एलेक्जेन्डर सोर्लोथले गोल गर्दै खेललाई २–२ मा ल्याए । दोस्रो हाफमा घरेलु टोलीले खेलमा नियन्त्रण बनायो । जुलियन आल्भारेजले ५१ औं पेनाल्टीमा गोल गर्दै अग्रता दिलाए । उनले ६३ औं मिनेटमा उत्कृष्ट फ्रि–किकमार्फत अर्को गोल थपे । एट्लेटिकोले त्यसपछि रक्षात्मक खेल अपनायो । इन्ज्युरी समयको अन्तिम चरणमा एन्टोइन ग्रिजमनले टोलीको लागि पाँचौँ गोल गर्दै जित पक्का गरे ।













समाचार
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज
चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने
एसियन गेम्स क्रिकेटमा नेपालको विजयी सुरुवात, अफगानिस्तान माथि ५ विकेटको जित
अविरल वर्षाले बाढीपीडितको जनजीवन थप कष्टकर
टी–२० वरियतामा नेपालको दुई स्थान सुधार
हर्मुज खोल्न ८० देशको आह्वान