
काठमाडौं । पछिल्लो समय निकै खराब लयको सामना गरिरहेको म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी वायन रुनीले अहिलेका प्रशिक्षक रुबेन अमोरिममा परिस्थिति सुधार्ने क्षमता नरहेको बताएका छन् । उनले अहिलेका प्रशिक्षकसँग आफूलाई अहिलेको अवस्था सुधार गर्न सक्छन् भन्ने विश्वास नरहेको बताएका हुन् ।
शनिबार ब्रेन्टफोर्डसँग ३–१ को हारपछि अमोरिमले प्रिमियर लिगमा आफ्नो ३३ खेलमा जम्मा ३४ अंक मात्रै हासिल गरेका छन् र अझै लगातार जित दिलाउन सकेका छैनन् । युनाइटेडले गत सिजन ५१ वर्षकै सबैभन्दा खराब लिग खेलेको थियो। टोली १५औं स्थानमा रह्यो । यसै समरमा क्लबले ठूलो खर्च गर्दै म्याथ्युस कुन्हा, ब्रायन म्बेउमो र बेन्जामिन सेस्कोलाई अनुबन्ध गरेको थियो । तर, पछिल्लो हारपछि फेरि १४औं स्थानमै छ । युनाइटेडका सर्वकालीन उच्च गोलकर्ता समतिे रहेको रुनीले अहिले आफू खेल हेर्न जाँदा टोली हार्ने अपेक्षासहित जाने गरेको बताएका छन् ।
पाँच पटकको प्रिमियर लिग र एक पटकको च्याम्पियन्स लिग जितेका रुनीले अहिलेको क्लबलाई चिन्नै नसकेको बताए । ‘म खेलाडीहरूमा लडाइँ गर्ने भावना, चरित्र र जित्ने इच्छा देख्दिनँ । खेल हेर्न जाँदा लाग्छ हार्छजस्तो लाग्छ,’ उनले भने । इङ्ल्यान्डका पूर्वकप्तान रुनीका अनुसार सर एलेक्स फर्गुसनको नेतृत्वमा दुई दशकसम्म इङ्लिस फुटबलमा वर्चस्व जमाएको क्लबको संस्कृति अहिले हराइसकेको पनि बताए ।













समाचार
एआई सुरक्षाका लागि विश्वव्यापी मापदण्डमा जोड
अनलाइन जुवा खेलाएको आरोपमा भारतीय सहित ४२ जना पक्राउ
उद्योग वाणिज्य महासंघको यातायात समितिको उपसभापतिमा मेघराज पौडेल
भदौमा ई–कमर्सको कारोबार रकम बढ्यो
ब्रान्डन म्याकमुलेन सुदूरपश्चिम रोयल्समा अनुबन्धित
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको वरिष्ठ नेतामा अनुमोदित
सेयर बजारमा इन्ट्राडे कारोबारको तयारी, बोर्डले ल्यायो अवधारणापत्र
भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश
टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन
सेयर बजार ११ अंकले बढ्यो, कारोबार ५ अर्ब ४४ करोड माथि