
काठमाडौं । सूर्यकुण्ड हाईड्रो इलेक्ट्रिक लिमिटेडले यही पुस ९ गतेदेखि आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ जारी गर्ने भएको हो ।
यस कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १३ लाख ७९ हजार ३५० कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । स्वीकृति पाएसँगै कम्पनीले ६ लाख ८९ हजार ६७५ कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि र ६८ हजार ९६७ कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि जारी गर्न लागेको हो ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिकाको सम्पूर्ण वडाबासीहरूले आवेदन दिन सक्नेछन् । आवेदन दिंदा न्यूनतम १० कित्ताका लागि दिनु पर्नेछ भने अधिकतममा ५० कित्तासम्म माग गर्न सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस १४ गतेसम्म र आयोजना प्रभावित स्थानीय बासिन्दाहरूका लागि निष्कासन गरिएको आईपीओमा पुस २३ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।
आयोजना प्रभावितले दुप्चेश्वर गाउँपालिकास्थित कम्पनीको आयोजना स्थल, ज्योति विकास बैंकको समुन्द्रटार शाखा, कृषि विकास बैंक र राष्ट्रिय वाणिज्य बैंककको खैरनिटार शाखा र काठमाडौंको थापाथलीस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दरखास्त फाराम प्राप्त गर्न र बुझाउन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएका सबै आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा निर्मित गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।












समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए