काठमाडौं । गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि प्रारम्भ हुँदैछ । सिंहदरबास्थित निर्माणाधीन संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा आज दिउँसो २ः०० बजेका लागि प्रतिनिधिसभा बैठक आह्वान गरिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए । संसद्का बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए । संघीय संसद्अन्तर्गतको माथिल्लो सभा (राष्ट्रियसभा) को बैठक भने संघीय संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ ।
राष्ट्रपतिले प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा भएको मितिले ३० दिनभित्र संघीय संसद्को अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था छ । निर्वाचन आयोगले यही चैत ५ गते ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ निर्वाचन परिणामसहितको प्रतिवेदन’ राष्ट्रपतिसमक्ष बुझाएको थियो । २७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली काँग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ५ र एक स्वतन्त्र सांसदको उपस्थिति रहेको छ ।
सम्भावित कार्यसूची
संघीय संसद् सचिवालयले प्रतिनिधिसभाको पहिलो अधिवेशनअन्तर्गत पहिलो बैठकका लागि सम्भावित कार्यसूची सार्वजनिक गरेको छ । बिहीबार दिउँसो २ बजेका लागि तय भएको बैठकमा विभिन्न महत्त्वपूर्ण एजेन्डाहरूमाथि छलफल हुने जनाइएको छ । संघीय संसदका महासचिव पद्म प्रसाद पाण्डेले जारी गरेको उक्त सम्भावित कार्यसूची अनुसार बैठकमा आठ वटा मुख्य एजेन्डाहरू तय गरिएका छन् ।
बैठकको प्रारम्भमै ज्येष्ठ सांसद सदस्य वा सभामुखले सम्माननीय राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउनेछन् । त्यसपछि प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद् गठनसम्बन्धी जानकारी दिइने छ ।













समाचार
Abiral Rai -representative of new crop of Nepali climbers -summits Kilimanjaro in Africa
किली पेम्बा शेर्पाको अन्तिम दाहसंस्कार भोलि शुक्रबार बिहान टेकुमा
थुलुङ राई समुदायका पहिलो IFMGA माउन्टेन गाइड तथा पहिलो सगरमाथा आरोही अबिरल राईद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमनजारो सफल आरोहण
सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
महासंघका अध्यक्ष श्रेष्ठ र आईएलओ नेपालका कन्ट्री डाइरेक्टर ओजकान बीच भेटवार्ता
‘पर्यटन क्षेत्रलाई लगानीमैत्री बनाउन व्यवसायमैत्री पर्यटन ऐन आवश्यक’
निर्यातभन्दा आयात पाँचगुणा बढी
काठमाडौँ महानगरले गर्यो स्रोत शिक्षकसँग कार्यसम्पादन करार सम्झौता
रासायनिक मलको निर्भरता हटाउन स्वदेशमै जैविक मल उत्पादन गरिँदै
बन्दीपुर अस्पतालमा एक वर्षमा २३ हजारले सेवा लिए