
काठमाडौं । नेदरल्यान्ड्सले फिफा विश्वकप २०२६ अन्तर्गत पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा नेदरल्यान्ड्सले स्वीडेनलाई ५–१ ले पराजित गरेको हो ।
नेदरल्यान्ड्सका लागि ब्रायन ब्रोभी र कोडी गाक्पोको दुई–दुई गोल गरे । समूह एफमा नेदरल्यान्ड्सको यो पहिलो जित हो । पहिलो खेलमा जापानसँग बराबरी खेलेको नेदरल्यान्ड्स दुई खेलबाट ४ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ र नकआउट पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो हार बेहोरेको स्वीडेन भने ३ अंकसहित समुह एफ को दोस्रो स्थानमा छ । अमेरिकाको ह्युस्टन स्टेडियममा भएको खेलमा ब्रायन ब्रोबीले सुरुमै दुई गोल गर्दै नेदरल्यान्ड्सलाई अग्रता दिलाएका थिए । पहिलो खेलमा ट्युनिसियामाथि शानदार जित हात पारेको स्वीडेनले नेदरल्यान्ड्सलाई टक्कर दिने अपेक्षा थियो । तर सुरुमै दुई गोल बेहोरेपछि स्वीडेन दबाबमा परेको थियो ।
यस विश्वकपमा पहिलो पटक पहिलो रोजाईँमा खेलेका ब्रोबीले छैटौं मिनेटमै गोल गर्दै डच टोलीलाई अग्रता दिलाएका थिए । कोडी गाक्पोले बायाँ भागबाट दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । मध्य भागमा पाएको बललाई ब्रोबीले तिजानी रेइन्डर्सलाई दिएका थिए । रेइन्डर्सले बायाँ भागमा गाक्पोलाई बल दिए । त्यसपछि गाक्पोको पासमा ब्रोबीले गोल गरेका हुन् ।
यस्तै १७औं मिनेटमा डेन्ज डुम्रफाइसले दिएको क्रसमा ब्रोबीले गोल गरेका हुन् । पहिलो खेलमा जापान विरुद्ध वैकल्पिक खेलाडीको रुपमा थोरै समय खेल्न पाएका ब्रोबीले स्वीडेन विरुद्ध पहिलो रोजाईँमा अवसर पाएका थिए । जसमा उनले सुरुवाती दुई गोल गर्दै प्रमाणित गरे । दोस्रो हाफमा नेदरल्यान्ड्सले तीन गोल थप्दा गाक्पोले दुई तथा क्रिसेन्सियो समरभिलले १ गोल गरे । गाक्पोले दोस्रो हाफको दोस्रो मिनेटमै डुमफ्राइजको असिस्टमा गोल गर्दै नेदरल्यान्ड्सलाई ३–० को अग्रता दिलाएका थिए । यस्तै ५४औं मिनेटमा समरभिलको पासमा व्यक्तिगत दोस्रो तथा डच टोलीका लागि चौथो गोल गरे ।
चार गोलले पछि परेपनि स्वीडेनले फर्कने प्रयास गरेको थियो । स्वीडेनका एन्थोनी एलांगाले ५९ औं मिनेटमा गोल फर्काएका थिए । तर त्यसपछि थप गोल गर्न सकेन भने समरभिलले ८९ औं मिनेटमा मेम्फिस डिपाएको पासमा गोल गर्दै नेदरल्यान्ड्सको अग्रता ५–१ बनाए ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हर्मुजमा अलपत्र परेका जहाजहरू ‘सुपर-स्प्रेडर’ बन्न सक्ने चेतावनी
अप्पर सोलु हाइड्रोले एक वर्षमा कमायो २० करोड ८७ लाख नाफा, इपीएस कति ?
पञ्चकन्या माई हाइड्राको वित्तीय अवस्था : करिब ७ करोडको नोक्सानी पुरा गरि ६ करोड ६८ लाख नाफामा
२८८ प्रतिशतले बढ्यो तेह्रथुम पावर कम्पनीको नाफा, अन्य सूचक कस्ता ?
अन्तर्राष्ट्रिय हवाई भाडा कम गर्न माग
देशका विभिन्न भागमा सडकमा यातायात प्रभावित, कुन कुन राजमार्गमा रोक ?
गिद्ध संरक्षणसँगै जैविक विविधता जोगाउन विद्यार्थीको सक्रियता
सोलुखुम्बुमा पहिरोका कारण दुई वडा कार्यालय जोखिममा, ११ परिवार विस्थापित
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट