
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारण गरिएको विनिमयदर अनुसार डलर, युरो र पाउण्डको मूल्य घटेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ७४ पैसा र बिक्रीदर १५१ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ १७ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७७ पैसा रहेको थियो । त्यस्तै आज युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ २४ पैसा र बिक्रीदर १७१ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ४९ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा रहेको थियो ।
आज युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ७० पैसा र बिक्रीदर १९९ रुपैयाँ ४९ पैसा निर्धारण गरिएको छ । अघिल्लो दिन युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९९ रुपैयाँ ७३ पैसा रहेको थियो । स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ७१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ४५ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४० पैसा, क्यानेडियन डलर एकको खरिददर १०५ रुपैयाँ ९० पैसा र बिक्रीदर १०६ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११६ रुपैयाँ २४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ७१ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ १७ पैसा र बिक्रीदर २२ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ १५ पैसा र बिक्रीदर ४० रुपैयाँ ३१ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ३७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ५४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर ४ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४ रुपैयाँ ५४ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४१ रुपैयाँ २१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा, दक्षिण कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८१ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ४८ पैसा र बिक्रीदर १५ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ९१ पैसा र बिक्रीदर २३ रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ २३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३० पैसा, कुवेती दिनार एकको खरिददर ४८९ रुपैयाँ ५७ पैसा र बिक्रीदर ४९१ रुपैयाँ ५२ पैसा, बहराइन दिनार एकको खरिददर ३९९ रुपैयाँ ८१ पैसा र बिक्रीदर ४०१ रुपैयाँ ४१ पैसा, ओमनी रियाल एकको खरिददर ३९१ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ११ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।













समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
क्यूआर कोडमार्फत हुने कारोबार रकम २५ अर्ब रुपैयाँले घट्यो
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान