नेबिको लिमिटेडको विशेष सधारणसभा आह्वान, के के छन् एजेण्डा ?

काठमाडौं । नेबिको लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले असार ३२ गतेका लागि विशेष साधारणसभा आह्वान गरेको हो ।

उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ८ बजे बस्ने छ । उक्त सभाले कम्पनीको पुँजी वृद्धि गर्न प्रबन्ध पत्र संसोधन गर्ने, प्रबन्ध पत्र तथा नियमावलीमा संसोधन गर्ने र सञ्चालक समितिको गठन गर्ने सम्बन्धी प्रस्तावहरु माथि छलफल गरि अनुमोदन गर्ने छ ।

फेसबुक प्रतिक्रिया