
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको १३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि अनुमोदन गरेको हो ।
साधारणसभाको अध्यक्षता सञ्चालक समितिका अध्यक्ष पिताम्बर प्रसाद आचार्यले गरेका थिए भने प्रमुख कार्यकारी अधिकृत दीर्घबहादुर अर्यालले सहभागीलाई स्वागत गरेका थिए।
सभालाई सम्बोधन गर्दै अध्यक्ष आचार्यले वित्तीय क्षेत्रमा चुनौतीपूर्ण अवस्था रहे पनि संस्थाले ग्राहक सदस्यलाई गुणस्तरीय सेवा प्रदान गर्दै सेयरधनीको अपेक्षा पूरा गर्न प्रतिबद्ध रहेको बताए। उनले नेपाल राष्ट्र बैंकबाट जारी हुने नीति तथा निर्देशनहरू अझ लघुवित्तमैत्री हुने अपेक्षा व्यक्त गर्दै त्यसले समग्र लघुवित्त क्षेत्रलाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।
साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि कुबेर एन. भट्टराई एन्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गरेको छ। साथै संस्थागत र सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व हुने गरी पाँच सदस्यीय सञ्चालक समिति सर्वसम्मत रूपमा चयन गरिएको संस्थाले जनाएको छ।
संस्थाका अनुसार हाल नाडेप लघुवित्तले देशभरका ८८ शाखामार्फत ८० हजारभन्दा बढी ग्रामीण तथा विपन्न महिलालाई वित्तीय सेवा उपलब्ध गराउँदै आएको छ। २०८३ जेठ मसान्तसम्म संस्थाको कर्जा लगानी ६ अर्ब ५० करोड रुपैयाँ पुगेको छ भने सदस्यहरूको बचत २ अर्ब ४० करोड रुपैयाँ रहेको छ। यस अवधिसम्म बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जा २ अर्ब ८९ करोड रुपैयाँ पुगेको संस्थाले जनाएको छ।













समाचार
पब्जी मोबाइलको राष्ट्रिय प्रतियोगिता आजदेखि
सम्बन्ध विच्छेदका मुद्दा उच्च, समाजमा जटिल समस्या पैदा गर्नेप्रति चिन्ता
जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ
युक्रेनको सपिङ मलमा रुसी ड्रोन आक्रमण, १५ जनाको मृत्यु
‘सुपर एल निनो’को सम्भावित जोखिम : चिन्ता ऊर्जा सङ्कटको
राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका राष्ट्रपतिलाई बधाई
पहिरोले घर जोखिममा, पानी पर्नासाथ छिमेकीको घरमा बास
पहिरोले देशका विभिन्न सडक अवरुद्ध
पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे : पुँजी बजार सुधार र नयाँ वित्तीय उपकरणबारे छलफल
साताको सेयर : परिसूचक करिब १ प्रतिशतले घट्दा, औषत कारोबार बढ्यो