
काठमाडौं । आज मध्यरातिबाट स्थानीय तहको आर्थिक कारोबार बन्द हुने भएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै ७५३ स्थानीय तहलाई आर्थिक वर्ष २०८२/८३ को अन्तिम चरणको आर्थिक कारोबार सम्बन्धी विशेष निर्देशन जारी गरेको हो ।
कार्यालयले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को उपनियम (१) अनुसार आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिनअघि नै भुक्तानी दिई निकासा तथा खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको जनाएको छ । यसअनुसार स्थानीय तहहरूको आर्थिक कारोबार सञ्चालनमा प्रयोग हुने स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली असार २५ गते अर्थात् आज राति १२ बजेदेखि बन्द हुने जनाइएको छ । साथै, सोही नियमावलीको नियम ३० को उपनियम (७) बमोजिम त्यसपछिको अवधि अर्थात् २०८३ असार ३२ गतेसम्म भने हिसाब मिलान गर्ने प्रयोजनका लागि मात्रै सीमित प्रकृतिका कारोबार गर्न सकिने व्यवस्था गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार २०८३ असार २५ गतेसम्म भएका भुक्तानीबाट कट्टी भई दाखिला हुन बाँकी रहेका अग्रिम आयकर, मूल्य अभिवृद्धि कर, पारिश्रमिक कर, कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सावधिक जीवन बिमा कोष, योगदानमा आधारित निवृत्तिभरण कोष तथा कट्टी गरिएका धरौटीलगायतका सबै रकम बैंकमा अनिवार्य रूपमा जम्मा गर्नुपर्नेछ ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद