
काठमाडौं । सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि व्यक्तिको आयकर दर सार्वजनिक गरिएको छ। आयकर ऐन, २०५८ अनुसार प्राकृतिक व्यक्तिको करयोग्य आयमा विभिन्न स्ल्याबअनुसार १ प्रतिशतदेखि २९ प्रतिशतसम्म आयकर लाग्ने व्यवस्था गरिएको छ।
व्यक्तिगत रूपमा कर तिर्ने एकल व्यक्ति तथा दम्पतीका लागि प्रस्तुत गरिएको विवरणअनुसार वार्षिक १० लाख रुपैयाँसम्मको करयोग्य आयमा १ प्रतिशत आयकर लाग्नेछ। यसअनुसार १० लाख रुपैयाँसम्मको आयमा अधिकतम १० हजार रुपैयाँ कर लाग्नेछ।
त्यस्तै, १० लाख रुपैयाँभन्दा बढी र १५ लाख रुपैयाँसम्मको करयोग्य आयमा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ। यस स्ल्याबसम्म पुग्दा अधिकतम कर रकम ५० हजार रुपैयाँ हुनेछ। १५ लाख रुपैयाँभन्दा बढी र २५ लाख रुपैयाँसम्मको करयोग्य आयमा २० प्रतिशत आयकर लाग्नेछ। यस तहमा अधिकतम कर रकम २ लाख रुपैयाँ पुग्नेछ।
त्यसैगरी, २५ लाख रुपैयाँभन्दा बढी र ४० लाख रुपैयाँसम्मको करयोग्य आयमा २७ प्रतिशत आयकर लाग्नेछ। यस स्ल्याबमा अधिकतम कर रकम ४ लाख ५ हजार रुपैयाँ हुनेछ। ४० लाख रुपैयाँभन्दा बढी जतिसुकै करयोग्य आय भए पनि ४० लाख रुपैयाँभन्दा माथिको आयमा थप २ प्रतिशत बिन्दुले अतिरिक्त कर लाग्ने व्यवस्था छ। अर्थात् ४० लाख रुपैयाँभन्दा माथिको करयोग्य आयमा २९ प्रतिशत आयकर दर लागू हुनेछ।
उपलब्ध विवरणअनुसार ६० लाख रुपैयाँ करयोग्य आय भएका एकल व्यक्ति तथा दम्पतीले कुल १२ लाख ४५ हजार रुपैयाँ आयकर तिर्नुपर्नेछ। यसअनुसार प्राकृतिक व्यक्तिको करयोग्य आय बढ्दै जाँदा क्रमशः १, १०, २०, २७ र २९ प्रतिशतका दरले आयकर लाग्ने व्यवस्था रहेको छ।













समाचार
विशेष कार्यक्रमका बीच नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ को भव्य उद्घाटन, पहिलो दिन नै २९ हजारभन्दा बढीले गरे अवलोकन
नेपालमा निसानको नयाँ एसयूभी टेकटन लन्च, मूल्य ५१ लाख २९ हजार रुपैयाँ
महिन्द्राको नयाँ पुस्ताको एसयूभी नाइमा एक्स्पोमा, एक्सइभी९ एसको सुरुवाती मूल्य ६० लाख
नाइमा नेपाल मोबिलिटी एक्स्पो सुरु: ह्युन्डाई, एमजी र कियाका नयाँ मोडल सार्वजनिक
चितवनमा निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन-२०८३ हुने
क्रिप्टोकरेन्सीमा गिरावटपछि डोनाल्ड ट्रम्पको सामाजिक सञ्जाल कम्पनी लाई २३ करोड ८० लाख डलर घाटा
नेपालमा एक दशकभित्र देशभर ५जी सेवा विस्तार गर्ने लक्ष्य
गर्भनरसँगको भेट पछि मिस नेपाल ढकालले भनिन् : जीवनभन्दा ठूलो ऋण होइन
झापा इनर्जीको विद्युत उत्पादन पुनः सुचारु
वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा उप्रेती