
काठमाडौं । रुपाकोट रिसोर्ट लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी अघि बढाएको छ। आईपीओ निष्कासनका लागि कम्पनीले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको हो।
रुपाकोट रिसोर्ट र एनआईसी एशिया क्यापिटलबीच ‘आईडीया टु आईपीओ’ सेवाअन्तर्गत सम्झौता भएको छ। उक्त सेवामार्फत क्यापिटलले कम्पनीलाई स्थापनाकालदेखि आईपीओ निष्कासनसम्म आवश्यक परामर्श तथा अन्य सेवा उपलब्ध गराउनेछ।
कास्कीको रुपा–६, मैदानमा केन्द्रीय कार्यालय रहेको रुपाकोट रिसोर्टले आईपीओ निष्कासन प्रक्रियाका लागि क्यापिटलसँग सम्झौता गरेको जनाएको छ। सम्झौताअनुसार एनआईसी एशिया क्यापिटलले कम्पनीको परामर्शदाता तथा आईपीओ निष्कासन र बिक्री प्रबन्धकका रूपमा समेत जिम्मेवारी निर्वाह गर्नेछ।
रुपाकोट रिसोर्ट पर्यटन तथा आतिथ्य क्षेत्रको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै आएको कम्पनीले जनाएको छ। प्राकृतिक सौन्दर्य, शान्त तथा रमणीय वातावरण, हिमाली शृंखलाको दृश्यावलोकनका साथै रुपा र बेगनास तालको मनोरम दृश्य हेर्न सकिने भौगोलिक अवस्थिति रिसोर्टको प्रमुख विशेषता रहेको छ।
पोखरा उपत्यकाको पर्यटन सम्भावनालाई ग्रामीण तथा प्राकृतिक पर्यटनसँग जोड्दै रुपाकोट क्षेत्रलाई उच्चस्तरीय आतिथ्य सेवा, प्रकृति अवलोकन तथा विश्रामका लागि उपयुक्त गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले रिसोर्टले सेवा विस्तार गर्दै आएको छ।
रिसोर्टमा आवास, भोजन तथा पेय पदार्थ, मनोरञ्जन, विश्राम तथा विभिन्न कार्यक्रम सञ्चालन गर्न सकिने पूर्वाधार उपलब्ध छन्। यसका कारण रिसोर्ट पारिवारिक भ्रमण, आन्तरिक तथा बाह्य पर्यटक, कर्पोरेट कार्यक्रम, सभा–सम्मेलन, विवाह तथा अन्य विशेष समारोहका लागि समेत उपयुक्त गन्तव्यका रूपमा विकास हुँदै गएको कम्पनीको भनाइ छ।












समाचार
ट्रम्पद्वारा क्यानेडियन आयातमा भन्सार महसुल तत्कालका लागि स्थगित, अझै महत्त्वपूर्ण काम बाँकी रहेको कार्नीको भनाइ
बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी
प्रेस काउन्सिलका चार सदस्यको शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल नियुक्त
प्रधानमन्त्री शाह र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता
साउन महिनामा मात्रै ५७ हजार मेट्रिक टन ग्यास आयात
कृषि उद्यम केन्द्रमा सल्लाहकार र सदस्य मनोनित
सङ्घीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान बृद्धि गर्ने सरकारको निर्णय
दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला
सन नेपाल लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित