
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनको लागि पोखरा एभेन्जर्स र नेपोभिट टायल्सबीच सम्झाैता भएको छ । शुक्रबार आयोजित एक कार्यक्रमकाबीच पोखरा एभेन्जर्स र नेपाल सेरामिक इण्डस्ट्रीको उत्पादन नेपोभिट टायल्सबीच सम्झाैतामा हस्ताक्षर भएको हो ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठी र नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले सम्झाैता पत्रमा हस्ताक्षर गर्दै पत्र आदानप्रदान गरे । यस्तै पोखरा एभेन्जर्सले शुक्रबारै मेडिकल पार्टनरको रुपमा माईक्रोलाईफसँग सम्झाैता गरेको छ । उक्त सम्झाैतामा पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठी र माईक्रोलाईफका सिईओ विनित तुल्सीयनले हस्ताक्षर गरे ।
यसैगरी पोखरा एभेन्जर्सले लेगल पार्टनरको रुपमा सिनर्जी ल एण्ड च्याम्बर्ससँग हस्ताक्षर गरेको छ । उक्त सम्झाैतामा पोखरा एभेन्जर्सका अध्यक्ष त्रिपाठी र सिनर्जी ल को तर्फबाट सहदेव खत्रीले हस्ताक्षर गरे ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले तीन साझेदारसँग एकैपटक सम्झाैता भएपछि एनपीएलको सिजन तीनको लागि तयारी सुरु भएको बताए । उनले नेपोभिट टायल्स हेलमेट पार्टनर रहेको र नेपालकै पहिलो टायल्स कम्पनीलाई शिरमा राखेर खेलाडीहरुले खेल्ने बताए ।
साथै मेडिकल पार्टनरको रुपमा रहेको माईक्रोलाईफले सम्पूर्ण मेडिकल सपोर्टदेखि फिजियोथेरापी लगायत सेवाहरु प्रदान गर्ने जानकारी दिए । उनले आगाी दिनमा अन्य साझेदारहरुसँग पनि सहकार्य गर्दै जाने बताए ।
नेपोभिट टायल्सका अध्यक्ष सम्भुनाथ शाहले पछिल्लो समय नेपाली क्रिकेट टिमले टी२० विश्वकप खेलिसकेको र नेपाली क्रिकेटमा सबैको चासो बढेको बताए । उनले यसअघि जनकपुर बोल्ट्ससँग सहकार्य गरेको र यसपटक पोखरा एभेन्जर्ससँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए ।












समाचार
रास्वपा कम्युनिष्ट पार्टीको मुख्य शत्रु हो : झलनाथ खनाल
गृहमन्त्रीले थाले गरिमाका बुबा-आमासँग छलफल
यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : ओली
‘छिटो न्याय सम्पादनमै हाम्रो ध्यान छ’: प्रधानन्यायाधीश शर्मा
‘बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ’
साउनमा एक खर्ब ८७ अर्बको सामान आयात, ३८ अर्बको निर्यात
गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’
पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’
मितेरी डेभलपमेन्ट बैंकको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला
स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तबीच भदौ २१ गतेदेखि एकीकृत कारोबार गर्ने