बाढी पहिरोको असर : सेयर बजारमा पहिरो, कारोबार साढे ४ अर्ब माथि

काठमाडौं । बुधबार सेयर बजार परिसूचक उच्च अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन पनि सामान्य घटेको बजार आज भने उच्च अंकले घटेर बन्द भएको हो ।

रसुवामा आएको बाढीका कारण अधिकांश जलविद्युत कम्पनीमा क्षति पुगेको र जलविद्युत कम्पनीको सेयर मूल्यमा पनि उच्च गिरवाट भएको दिन बजार ३५.९२ अंकले घटेर बन्द भएको छ । आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २५५८.३५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा २५२ कम्पनीको सेयर मूल्य घटेको छ भने २३ वटा कम्पनीको मात्रै मूल्य बढेको छ । त्यस्तै ३ वटा कम्पनीको सेयर मूल्य आज स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स पनि ६ अंकले घटेर ४५१.६६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये सबैको सेयर मूल्यमा गिरावट आएको छ । आज हाइड्रोपावर समूहको सेयरमा मात्रै १०४ अंकको गिरावट आएको छ ।

परिसूचक उच्च अंकले घटेको दिन बजारमा पौने ५ अर्बको कारोबार भएको छ । आज ३४८ कम्पनीका १ करोड ३५ लाख ८२ हजार ३२० कित्ता सेयर ६१ हजार ४४२ पटक खरिद बिक्री हुँदा ४ अर्ब ७७ करोड ३८ लाख ५७ हजार ६५७ रुपैयाँ बराबरको कारोबार भएको छ । आज एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने दुई वटा कम्पनीमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट