
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । बिहिबार बसेको इप्पान कार्यसमिति बैठकले बाढी प्रभावितहरुको राहत र उद्दारका लागि इप्पान तथा इप्पान सम्बद्ध जलविद्युत कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड ५ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिने इप्पानका अध्यक्ष मोहन कुमार डाँगीले जानकारी दिएका छन् । अध्यक्ष डाँगीले इप्पानका सम्पूर्ण सदस्य कम्पनीहरूलाई सक्रिय र उदारपूर्वक सहयोग गर्न अनुरोध पनि गरेका छन् ।
फेसबुक प्रतिक्रिया











समाचार
श्रीलंका र भारतसँगको दोस्रो टेस्टमा बराबरी
एनआईसी एशिया बैंकद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा २ करोड २१ लाख सहयोग प्रदान
सानिमा बैंकको लाभांश घोषणा, सेयर धनीले कति पाउँछन बोनस र नगद ?
बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन
बाढीपीडितका लागि बीवाईडी र साइमेक्सले ७ करोड रुपैयाँ सहयोग गर्ने
एभरेष्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
आइएमई लाइफ इन्स्योरेन्सले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड सहयोग गर्ने
MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि रु. ७० लाख सहयोग गर्ने
भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त
भोटेकोशी बाढीबाट भएको क्षतिप्रति सिबिफिनद्वारा दुःख व्यक्त, प्रभावितलाई बैंकिङ सहजीकरण गर्ने प्रतिबद्धता