
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/२०८४ को दोस्रो महिना भदौ मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या बढेको छ भने रकम घटेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको भदौ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्यामा उल्लेख्य बढोत्तरी तथा रकममा भने गिरावट आएको पाइएको हो।
क्यूआर कोड मार्फत हुने कारोबार रकम असार मसान्तबाट साउन मसान्तसम्म २६ अर्ब ७७ करोड ५० लाख रुपैयाँले बढेर समग्रमा १ खर्ब ८९ अर्ब ९० करोड ६० लाख रुपैयाँ पुगेको थियो।
यो आँकडा साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा २५ अर्ब ४७ करोड ९० लाख रुपैयाँले घटेर समग्रमा १ खर्ब ६४ अर्ब ४२ करोड ९० लाख रुपैयाँ पुगेको छ। यसैगरी कारोबार सङ्ख्या असार मसान्तबाट साउन मसान्तसम्म आइपुग्दा ५९ लाख ६९ हजार ७७० ले बढेर समग्रमा ६ करोड ९५ लाख ८९ हजार ९७७ पुगेको थियो। यो आँकडा साउन मसान्तबाट भदौ मसान्तसम्म आइपुग्दा २८ लाख ९३ हजार ३२५ ले बढेर समग्रमा ७ करोड २४ लाख ३८ हजार ३०२ पुगेको प्रतिवेदनले देखाएको छ।












समाचार
अमुदी फुड्सको यात्रा : उत्पादन विविधीकरण, क्षमता विस्तार र आइपीओ योजनासँगै राष्ट्रिय खाद्य ब्रान्ड बन्ने लक्ष्य
धाप बाँधको अवस्था सामान्य, आत्तिनुपर्ने अवस्था छैन
गण्डक ब्यारेजमा पानीको बहाव उच्च, सतर्क रहन आग्रह
विवादस्पद बनेका गड्डाचौकीका भन्सारका अधिकृत भट्टलाई जिम्मेवारीबाट हटाइयो
वर्षाले नेपाल–भारत दुई सीमा स्तम्भ डुबानमा
ऊर्जामन्त्री श्रेष्ठ र एडिबी राष्ट्रिय निर्देशक कोशवाबीच भेट :बाढीपछि एडीबीले वैज्ञानिक तथा प्राविधिक सहयोग गर्ने
चोरीको सुन किन्ने दुई सुनचाँदी व्यवसायी पक्राउ
एसियन गेम्स क्रिकेटः नेपालले जापानलाई दियो १५० रनको लक्ष्य
घरबासले फेरिँदै दगामको पर्यटन पहिचान
भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती