
काठमाडौं । रायन ग्राभेनबर्चले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित बनेको लिभरपुललाई म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा ३–० ले पराजित गरेको छ। लिभरपुलको मैदान एनफिल्डमा सिटीलाई जित दिलाउन एर्लिङ हालान्ड, जेरेमी डोकु र रयान चेर्कीले गोल गरे। पहिलो हाफमा लिभरपुलको दबाब सामना गरेको सिटीले दोस्रो हाफमा तीन गोल गरेको हो।
खेलको ६५औँ मिनेटमा हालान्डले गोल गर्दै सिटीलाई अग्रता दिलाए। जारी लिगमा उनको यो छैटौँ गोल हो। त्यसअघि ६२ औं मिनेटमा ग्राभेनबर्च रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए।
त्यसपछि ६८ औं डोकुले उत्कृष्ट गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए। खेलको अन्त्यतिर चेर्कीले व्यक्तिगत कौशल प्रदर्शन गर्दै गोल गरेपछि सिटीले ३–० को जित पक्का गर्यो। यो जितसँगै सिटीले प्रिमियर लिगमा आफ्नो शतप्रतिशत जितको यात्रा कायम राखेको छ। लिभरपुलले भने एन्डोनी इराओलाको प्रशिक्षणमा लिगमा पहिलो हार बेहोरेको छ।












समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
दोहोरो वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?