
विश्वभर छरिएर रहेका शेर्पा समुदायलाई एकताबद्ध गर्दै भाषा, धर्म, कला, संस्कृति र मौलिक पहिचानको संरक्षण गर्ने उद्देश्यसहित भारतको दार्जिलिङ क्षेत्रमा आयोजित विश्व शेर्पा सम्मेलन तथा विश्व शेर्पा संघको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । महाधिवेशनले पोर्चुगलका सोम फुरी शेर्पाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । अखिल भारतीय शेर्पा बौद्ध संघको आयोजनामा अक्टोबर ८ देखि ११ सम्म दार्जिलिङ, सोनादा र लाभामा विभिन्न कार्यक्रमसहित महाधिवेशन सम्पन्न भएको हो । अक्टोबर ८ मा दार्जिलिङमा तेस्रो विश्व शेर्पा सम्मेलनको उद्घाटन गरिएको थियो भने अक्टोबर ९ मा सोनादामा सांस्कृतिक, सामाजिक तथा महाधिवेशनसम्बन्धी कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस्तै अक्टोबर १० मा लाभामा निर्वाचन तथा पदाधिकारी चयन प्रक्रिया सम्पन्न भएको थियो। त्यसपछि अक्टोबर ११ को बिहान गुरु छेकी गुम्बामा आयोजित विशेष समारोहमा निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिको नामावली सार्वजनिक गरेको थियो । सोही अवसरमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथसमेत लिएका थिए ।
नवनिर्वाचित अध्यक्ष सोम फुरी शेर्पा पोर्चुगलमा रहेका शेर्पा समुदायको प्रतिनिधित्व गर्छन् । नयाँ कार्यसमितिमा नेपाल, भारत, अमेरिका, बेलायत, बेल्जियम, डेनमार्क, स्विट्जरल्यान्ड, स्पेन र पोर्चुगललगायतका देशबाट प्रतिनिधित्व समेटिएको छ ।
विश्व शेर्पा संघको नयाँ नेतृत्वले विश्वभरका शेर्पा समुदायबीच एकता, सद्भाव र सहकार्यलाई थप सुदृढ बनाउनुका साथै शेर्पा भाषा, धर्म, संस्कृति र परम्पराको संरक्षणमा विशेष भूमिका खेल्ने अपेक्षा गरिएको छ । विदेशमा जन्मिएका तथा हुर्किएका नयाँ पुस्तालाई आफ्नो मातृभाषा र सांस्कृतिक पहिचानसँग जोड्ने, युवाको सहभागिता बढाउने तथा विभिन्न देशमा रहेका शेर्पा संघसंस्थाबीच समन्वय विस्तार गर्ने विषयलाई पनि महत्वपूर्ण रूपमा हेरिएको छ ।
नवनिर्वाचित अध्यक्ष सोम फुरी शेर्पासहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै निवर्तमान अध्यक्ष थेण्डुप शेर्पा, निवर्तमान महासचिव आङ जाङ्बु शेर्पा तथा निवर्तमान कार्यसमितिले संघको विकास र विश्वव्यापी शेर्पा एकताका लागि पु¥याएको योगदानको प्रशंसा गरेको छ ।
आयोजक अखिल भारतीय शेर्पा बौद्ध संघ, स्थानीय आयोजक समिति, निर्वाचन समिति, स्वयंसेवक तथा विभिन्न देशबाट सहभागी प्रतिनिधिहरूलाई पनि महाधिवेशन सफल बनाउन योगदान पु¥याएकोमा धन्यवाद व्यक्त गरिएको छ ।
विश्व शेर्पा संघको नवनिर्वाचित कार्यसमिति–२०२६
१ अध्यक्षः सोम फुरी शेर्पा, पोर्चुगल
२ निवर्तमान अध्यक्षः थेण्डुप शेर्पा, भारत
३ वरिष्ठ उपाध्यक्षः पासाङ दोर्जी शेर्पा (एपी लामा), अमेरिका
४ उपाध्यक्षः आङ गेल्मु शेर्पा, अमेरिका
५ उपाध्यक्षः पेम्बा छोटी शेर्पा, स्पेन
६ महासचिवः रिन्जी शेर्पा लामा, बेलायत
७ सचिवः पेम्बा गेल्बु शेर्पा, बेल्जियम
८ सचिवः दावा कर्म शेर्पा, अमेरिका
९ कोषाध्यक्षः वाङ्गेल लामा शेर्पा, डेनमार्क
१० सहकोषाध्यक्षः डेण्डी शेर्पा, स्विट्जरल्यान्ड
कार्यसमिति सदस्य
११ ल्हाक्पाफुटी शेर्पाः नेपाल
१२ दावा शेर्पाः नेपाल
१३ निमा नुर्बु शेर्पाः नेपाल
१४ ल्हाक्पा पिनासा शेर्पाः भारत
१५ जाङ्बु शेर्पाः नेपाल
१६ निमा शेर्पाः अमेरिका (कोलोराडो)
१७ छिरिङ शेर्पाः पोर्चुगल
शेर्पा समुदायको वंश, थर र नातासम्बन्ध पहिचान गर्न शेर्पा एप र विशेष पुस्तक सार्वजनिकः
विश्वभर छरिएर रहेका शेर्पा समुदायबीच पारिवारिक नाता, वंश र थरसम्बन्धी पहिचान स्पष्ट पार्ने उद्देश्यले निर्माण गरिएको शेर्पा एप तथा शेर्पा समुदायको परिचय र थरसम्बन्धी विशेष पुस्तक सार्वजनिक गरिएको छ ।
सम्मेलनको पहिलो दिन अक्टोबर ८ मा भारतको दार्जिलिङमा आयोजित कार्यक्रममा एप र पुस्तक सार्वजनिक गरिएको हो । शेर्पा समुदायको परिचय, विभिन्न थरको विवरण तथा आपसी नातासम्बन्धबारे जानकारी उपलब्ध गराउने उद्देश्यले यी सामग्री तयार पारिएको जनाइएको छ ।
पूस्तकले विशेषगरी विश्वका विभिन्न देशमा बसोबास गर्ने शेर्पाहरूबीच को आफन्त, दाजुभाइ, दिदीबहिनी वा कुटुम्ब हुन् भन्ने पहिचान गर्न सहज बनाउने बताइएको छ । यसले शेर्पा समुदायको वंश तथा पारिवारिक सम्बन्धबारे जानकारी प्राप्त गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
पुस्तकमा समेटिएको शेर्पा समुदायका विभिन्न थरसम्बन्धी विवरणले नयाँ पुस्तालाई आफ्नो वंश, पारिवारिक पृष्ठभूमि र सांस्कृतिक पहिचान बुझ्न मद्दत गर्ने विश्वास गरिएको छ । विशेषगरी विदेशमा हुर्किरहेका युवा पुस्ताबीच विवाहका क्रममा नाता पहिचान गर्नुपर्ने विषयमा आउन सक्ने अन्योल तथा सम्भावित समस्याको समाधानमा समेत यसले सहयोग पु¥याउने उद्देश्य राखिएको छ ।
विश्वव्यापी रूपमा फैलिएको शेर्पा समुदायमा आपसी सम्बन्ध र पारिवारिक पहिचानलाई व्यवस्थित रूपमा बुझ्न सहयोग गर्ने लक्ष्यसहित तयार पारिएको एप र पुस्तकलाई समुदायको सांस्कृतिक तथा सामाजिक सम्बन्ध संरक्षण गर्ने महत्त्वपूर्ण प्रयासका रूपमा हेरिएको छ ।











समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै