
काठमाडौँ | रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदैछ । शिक्षाको ज्योति फैलाउने उद्देश्यसहित रनग रिन्पोछे अर्थात् डोल्पो बुद्धद्वारा लिखित पुस्तक ‘दीप’ को विमोचन समारोह आयोजना हुने भएको छ।
लेखक डोल्पो बुद्धले हिमालको काखमा अँध्यारो चिर्दै उज्यालो छर्ने र अक्षरहरूको माध्यमबाट चेतनाको दियो बाल्ने उद्देश्यले पुस्तक तयार पारेको बताउनु भएको छ ।
उहाँले पुस्तकको पुस्तक विमोचन समारोहलाई शिक्षा, चेतना र सिर्जनाको ज्योति बाल्ने पवित्र क्षणका रूपमा उल्लेख गर्दै कार्यक्रममा उपस्थितिका लागि सबैलाई निमन्त्रणा गर्नु भएको छ ।
कार्यक्रम यहि २०८३ मङ्सिर १२ गते शनिबार (नोभेम्बर २८, २०२६) दिउँसो १ बजे काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना हुने भएको छ ।
पुस्तकको निमन्त्रणा सन्देशमा ‘बालौँ शिक्षाको ज्योति’ भन्ने मूल भाव प्रस्तुत गरिएको छ। अक्षर र ज्ञानको उज्यालो फैलाउने अभियानलाई पुस्तकमार्फत अघि बढाउने लेखक रिन्पोछेको प्रयास रहेको छ।
फेसबुक प्रतिक्रिया












समाचार
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास