
चाँगुनारायण नगरपालिका–६ नगरकोटस्थित महादेव पोखरी कुण्ड अर्थात् रत्नचुडेश्वर महादेव मन्दिरमा आज बिहानैदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ । रसुवाको गोसाइँकुण्ड जान नसक्ने भक्तजनले महादेव पोखरीको नामले चिनिने रत्नचुडेश्वर महादेव मन्दिर र कुण्डमा मेला भर्न रातिदेखि नै भक्तजनको घुइँचो लागेको हो ।
मन्दिरमा मध्यरातिदेखि नै दर्शनार्थीको आगमन भएको र बिहानसम्ममा दर्शनार्थीको घुइँचो लागेको चाँगुनारायण–६ का वडाध्यक्ष धनबहादुर लामाले जानकारी दिए । हरेक वर्ष जनैपूर्णिमामा लाग्ने मेला भर्न यहाँ काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, नाल्दुम, देउपुर, बनेपा, पनौतीदेखिका दर्शनार्थी एवं भक्तजन आउने जानकारी दिँदै उनले मेलाका लागि आवश्यक तयारी र व्यवस्थापन आइतबार नै सम्पन्न गरी दर्शनार्थीलाई सहज रूपमा स्नान एवं दर्शन गर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।
गोसाइँकुण्डको पानी महादेव पोखरीमा आउने जनविश्वासका कारण गोसाइँकुण्ड नजानेहरू यहाँ आउने पुरानो कथन रहेको बताउँदै उनले भक्तजनले महादेव कुण्डमा स्नान गरी विभिन्न जातजातिका मानिसले आ–आफ्नो परम्पराअनुसार पूजाअर्चना गर्ने, झाँकीलगायत विभिन्न नाच प्रस्तुत गरेर मेला भर्ने गरेका छन् ।
विभिन्न ठाउँबाट आएका भक्तजन पूर्णिमाको अघिल्लो रात जाग्राम बस्ने परम्परा रहेको छ । जाग्राम बसेर बत्ती बाल्ने भक्तजन हिजो साँझदेखि मन्दिरमा आएर रातभर जाग्राम बसेर बिहानै कुण्डमा स्नान गरी महादेवको पूजा एवं दर्शन गरेपछि रक्षाबन्धन बाँध्ने र जनै फर्ने कार्य गरेका छन् ।
वडाध्यक्ष लामाले यस वर्ष ५० हजारभन्दा बढी भक्तजनले महादेव पोखरीमा दर्शन गर्ने अनुमान गर्दै सोहीअनुसारको व्यवस्थापन गरिएको बताए । महादेव पोखरी संरक्षण समाज एवं नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले मेलाका लागि आउने दर्शनार्थीको सवारीसाधन व्यवस्थापनका लागि ट्राफिक प्रहरी, सुरक्षा व्यवस्थापनका लागि नेपाल प्रहरी, नगरप्रहरी तथा अन्य व्यवस्थापनका लागि स्थानीय सङ्घसंस्थाले सहयोग गर्ने गरेको जानकारी दिए ।
रत्नचुडेश्वर मन्दिर प्राङ्गणमा गत साउन ६ गतेदेखि श्रावणी महिनाको अवसर पारेर अति रुद्रीसहित शिव सहस्र नाम पूजन महोत्सव आयोजना भइरहेको र भदौ ४ गतेसम्म उक्त पूजन हुने महायज्ञका गुरु दीपक सापकोटाले जानकारी दिए ।













समाचार
अछाममा चट्याङ लागेर चार जना घाइते
फिफा विश्वकप २०२६ को प्रि-क्वाटरफाइनल समीकरण पूरा
ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व सङ्कलन
घानालाई हराउँदै कोलम्बिया अन्तिम १६ मा
वाग्मतीमा डेब्रिज थुप्रिनु काठमाडौं डुबानको मुख्य कारण
गण्डकीका छ जिल्लालाई पूर्ण खोप सुनिश्चित घोषणा
नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न Samsung
कर्णालीमा ‘सरसफाइ तथा स्वच्छता विधेयक’को मस्यौदामाथि छलफल
बडीमालिकामा छाउपडी गोठ मुक्तघोषणा
साताको सुन : हप्ता दिनमा ११ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य