
काठमाडौं । मंगलबार सेयर बजारमा ठूलो पहिरो गएको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार तेहेरो अंकले घटेको छ । आजको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक १११ दशमलव ९६ अंकले घटेर बन्द भएको हो ।
मंगलबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक पनि २८०० विन्दुबाट तल झरेको छ । मंगलबार नेप्से परिसूचक २७८२ दशमलव ६० विन्दुमा पुगेको छ । यो अघिल्लो कारोबार दिनको भन्दा ३.८६ प्रतिशतले कम हो ।
सेयर बजार पछिल्लो दुई कारोबार दिनमा नेप्से १९२ दशमलव ०४ अंकले घटेको छ । गत हप्ताको बिहीबार २९७४ दशमलव ६४ विन्दुमा सेयर कारोबार बन्द भएको थियो । आइतबार पनि ७९ दशमलव ८८ अंकले घटेको सेयर बजार आज पनि उच्च अंकले नै घटेको हो ।
कारोबार खुलेको पहिलो मिनेटमा नै २९९९ दशमलव ९८ विन्दुमा पुगेको सेयर बजार परिसूचक कारोबार बन्द हुँदा २७८३ दशमलव ६० पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनी मध्ये २२३ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज २० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो कारोबार दिन आइतबार १९ अर्ब भन्दा बढीको कारोबार भएको बजारमा आज १८ अर्ब भन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा ३३० कम्पनीका ४ करोड ३८ लाख ६८ हजार ९७० कित्ता सेयर २ लाख ३४ हजार ३६० पटक खरिद बिक्री हुँदा १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार १७० रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २२ दशमलव ८७ अंकले घटेर ४९६ दशमलव ४७ विन्दुमा पुगेको छ । आज होटल र टुरिजम उपसूचक बाहेक सबै १२ उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
आजको कारोबार बन्द हुँदा ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
नेप्सेको सीईओका लागि ४ जनाको नाम सर्टलिस्ट, असोज २३ गते अन्तर्वार्ता र प्रस्तुतीकरण
सिमसार मासिँदै, कछुवा हराउँदै : संकटमा प्राकृतिक बासस्थान !!
शुक्ला हिलेटारलाई धार्मिक पर्यटकीय स्थल बनाउन पहल
अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइन : ‘ल्याण्ड फिलिङ’को काम धमाधम
महोत्तरीमा ओल किसानको व्यस्तता बढ्यो
सुन्तलामा रोग लागेपछि किसान चिन्तामा
राष्ट्र बैंकद्वारा एकीकृत परिपत्र संशोधन: भुक्तानी सीमा वृद्धि
२७ जलविद्युत् आयोजनाको आरसीओडी थपियो, ५४० मेगावाट उत्पादनको बाटो खुल्यो
मुस्ताङका कृषक मर्कामा : बोटमा स्याउ अडिँदैन, ढुवानीका लागि बाटो छैन
दोहोरो वायुको प्रभाव कायमै, कस्तो रहला आजको मौसम ?