
आज नेपाल रुपैयाँ थप कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ थप कमजोर भएको हो ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरसँगै युरो, पाउण्ड लगायत विदेशी मुद्राको विनिमयदर बढेको छ । अघिल्लो दिन पनि डलरको मूल्य बढेको थियो । पाउण्डर युरोको मूल्य भने अघिल्लो दिन सामान्य घटेको थियो । आयत मुखु अर्थतन्त्र भएको र विदेशी ऋणको भुक्तानी पनि डलरमा गर्नु पर्ने भएकाले डलरको मूल्य बढ्नु भनेको सम्रग रुपमा नेपालीहरुको भान्सादेखि सरकारको लागतसम्म बढ्नु हो । डलरको मूल्य बढ्दा निर्यातमुखी अर्थतन्त्र भएको मुलुकलाई मात्रै फाइदा पुग्ने अर्थविद्हरुले बताउने गरेका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५९ पैसा पुगेको छ । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा पुगेको रहेको थियो । त्यस्तै आज बढेको युरो एकको खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा पुगेको छ । अघिल्लो दिन एक युरोको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेको थियो ।
यसैगरी बुधबार बेलायती पाउण्डको विनिमयदर पनि बढेको छ । आज एक पाउण्डको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा पुगेको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा रहेको थियो । नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अष्ट्रेलियन डलर एकको खरिद दर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा कायम भएको छ । त्यस्तै आज क्यानडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९६ पैसा रहेको छ । त्यस्तै सिंगापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८० पैसा र बिक्रीदर १०३ रुपैयाँ २६ पैसा कायम भएको छ ।
आज जापानी ऐन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चाइनिज युआन १ को खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै आज साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ ७१ पैसा र बिक्री दर ३५ रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा कायम भएको छ । बुधबारका लागि राष्ट्र बैंकले युएइ दिराम १ को खरिदर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा तोकेको छ ।
त्यस्तै मलेसियन रिंगेट एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्री दर ३० रुपैयाँ ९६ पैसा रहेको छ । मंगलबार दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा छ भने बिक्री दर १० रुपैयाँ ११ पैसा रहेको छ ।













समाचार
सिँचाइ अभाव हुँदा बाँकेमा १८ प्रतिशत मात्र रोपाइँ
पूर्वाधारमन्त्री लम्साल कोरला सडकको निरीक्षणमा
अध्यादेशमार्फत विधेयक ल्याएको भन्दै सरकारको आलोचना, सांसदद्वारा समितिमा पठाउन माग
शासकीय सुधार कार्यसूची कार्यान्वयनको प्रगति ८७.२ प्रतिशत
इन्धनको मूल्य घटेसँगै बजार मूल्य घटाउन सरकारको आग्रह
मन्त्री प्रतिभा रावलको प्रगति विवरण : २९ घरपरिवारलाई लालपुर्जा वितरण, साढे २ करोड सहकारी पीडितको बचत फिर्ता
सञ्चार मन्त्रीको १०० दिनको प्रगति : करिब ७ हजार राहदानी र १ हजार बढी सवारी चालक अनुमति पत्र हुलाकमार्फत् घरमा पुराइयो
तत्काल सुधार नभए नेपाल ब्ल्याक लिस्टमा पुग्न सक्छ : अर्थमन्त्री वाग्ले
सरकारका सय दिनका उपलब्धि : मन्त्रालय घटाउँदा २० अर्ब बचत
अछाममा चट्याङ लागेर चार जना घाइते