
काठमाडौं । दसैँभन्दा अघिको अन्तिम कारोबार दिन सेयर बजार परिसूचक सामान्य अंकले बढेको छ । दिनभरको घटबढमा अन्तिम समयमा बजारमा हरियाली देखिएको हो ।
बुधबारको कारोबार बन्द हुँदा सेयर बजार परिसूचक ४ दशमलव ८५ अंकले बढेर २६६८ दशमलव १७ विन्दुमा पुगेको हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३० कम्पनीको सेयर मूल्य बढेको छ भने १०२ कम्पनीको सेयर मूल्य घटेको छ ।
त्यस्तै ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव १३ अंकले बढेर ४८० दशमलव ३६ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ९ वटा उपूचकको सेयर मूल्य बढेको छ भने ४ वटाको घटेको छ ।
आज परिसूचक सामान्य बढे पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन ७ अर्बभन्दा बढीको कारोबार भएको बजारमा आज ३ अबै ७६ करोडभन्दा बढीको मात्रै कारोबार भएको छ । आज सेयर बजारमा २९४ कम्पनीका ८३ लाख १२ हजार ६८५ कित्ता सेयर ४० हजार १३१ पटक खरिद बिक्री हुँदा ३ अर्ब ७६ करोड १५ लाख १२ हजार ७०६ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये एक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।












समाचार
रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, यस्ता छन् छलफलका कार्यसूची
फुर्केखोलाको वैकल्पिक सडक पाँच घण्टा बन्द हुने
अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान
सुनको मूल्यमा ३८०० रुपैयाँको गिरावट, तोलाको कति ?
पशुको नश्ल सुधारका लागि तनहुँमा कृत्रिम गर्भाधान सेवा विस्तार
पर्यटन प्रवर्द्धनमा पोखराको प्रयास–उत्तरपूर्वी भारतसँग ‘बीटूबी’ कार्यक्रम
हप्ता दिनमा पुँजी बजारमा ४२ अंकको गिरावट, औषतमा ४ अर्ब ७९ करोड
कांग्रेस केन्द्रीय सदस्यमा वरिष्ठ गायक चन्द्र शर्माको उम्मेदवारी
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
यस्तो छ शनिबारको विदेशी मुद्राको विनिमयदर