
काठमाडौं । नेपाल बजारमा यो साता सुनको मूल्य बढेको छ । यो साता नेपाली बजारमा सुन तोलामा २ हजार ३०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो साताको पहिलो दिन १ लाख ५५ हजार ६०० रुपैयाँमा खरिद बिक्री भएको सुन साताको अन्तिम दिनमा १ लाख ५७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । यो सातामा ४ दिन सुनको मूल्य बढेको थियो ।
साताको पहिलो दिन आइतबार सुन प्रतितोला १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि, सोमबार सुनको मूल्य फेरि १ लाख ५५ हजार ८०० रूपैयाँ पुगेको थियो । मंगलबार भने सुनको मूल्य घटेर तोलाको १ लाख ५५ हजार रूपैयाँमा झरेको थियो । बुधबार सुनको मूल्य फेरि बढ्यो । त्यो दिन सुन तोलामा १ लाख ५५ हजार ४०० रूपैयाँमा कारोबार भयो । त्यस्तै बिहीबार थप बढेर १ लाख ५६ हजार ६०० रूपैयाँ पुगेको थियो । सुनको मूल्य विभिन्न उतार चढाव सँगै साताको पछिल्लो कारोबार भएको दिन, शुक्रबार प्रतितोला १ लाख ५७ हजार ९०० रूपैयाँको उचाइमा पुग्यो ।
त्यसैगरी, यो साता नेपाली बजारमा चाँदीको मुल्य पनि बढेको छ । साताको पहिलो दिन आइतबार प्रतितोला १ हजार ८६० रुपैयाँ पुगेको मुल्य कारोबार भएको चाँदी साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रतितोला १ हजार ८९० रुपैयाँ पुगेको छ । यसरी, साताभरमा चाँदी तोलामा ३० रूपैयाँले महंगिएको हो ।













समाचार
भदौका लागि पनि घट्यो वाणिज्य बैंकहरूको औषत ब्याजदर, कुन बैंकको कति ?
शिखर इन्स्योरेन्सको नाफा १३ कोड बढी, बीमा व्यवसाय १० प्रतिशतले बढ्दा अन्य सूचक कस्ता ?
सन नेपाल लाइफको नाफा ४१ करोड ८५ लाख, जीवन बीमाकोषमा २७ प्रतिशतले वृद्धि
लक्ष्मीले कमायाे ३ अर्ब माथि नाफा, इपीएस कति ?
वित्तीय सूचकमा सुधार गर्दै नेपाल बैंक, ४ अर्ब ५० करोड खुद नाफा
स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफा घट्यो, अन्य सूचक कस्ता ?
एनआईसी एशिया बैंक एक वर्षमै नोक्सानीबाट नाफामा
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नाफा ३६.५९% ले घट्यो
महिलालाई आत्मनिर्भर बनाउन बङ्गुरपालनमा अनुदान
नेशनल लाइफको जीवन बीमाकोष खर्बमाथि, यस्ता छन् कम्पनीका वित्तीय सूचक ?