
काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन सेयर बजार परिसूचक दोहोरो अंकले बढेर कारोबार भएको छ । बिहीबार सेयर बजार परिसूचक २५ दशमलव ८९ अंकले बढेर २७३१ दशमलव ८० विन्दुमा पुगेको हो ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ८७ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ५५ अंकले बढेर ४७२ दशमलव ०२ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्यमा वृद्धि भएको छ भने २ वटको गिरावट आएको छ ।
परिसूचकसँगै आज कारोबार रकममा पनि सुधार देखिएको छ । अघिल्लो दिन ७ खर्ब ४५ अर्ब माथिको कारोबार भएको बजारमा आज साढे ९ अर्ब माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१२ कम्पनीका २ करोड ६४ लाख ७० हजार ८४० कित्ता सेयर ८८ हजार ६१५ पटक खरिद बिक्री हुँदा ९ अर्ब ६८ करोड २४ लाख ८८ हजार ७३९ रुपैयाँ बराबरको कारोबार भएको छ ।











समाचार
धिमे बज्छ, लाखे नाच्छ : व्यासमा मौलिक संस्कृति जोगाउने युवा जोस
जीवनभरको कमाइ कालीगण्डकीले लगेपछि द्विविधामा छन्, लामाखेतबासी
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
मनाङमै अड्किए पर्यटक
प्रतिनिधिसभाको बैठक आज बस्दै
दुई बैंकको सेयरमूल्य समायोजन
दोहोरो वायु सक्रिय, ६ प्रदेशमा वर्षाको सम्भावना
डलरको मूल्य स्थिर, पाउण्ड र युरोको घट्दा कुनको विनिमयदर कति ?
‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति, २०८३’ लागू: स्टक ब्रोकर चार श्रेणीमा वर्गीकरण हुने
अध्यादेश निष्कृय भएपछि कानुनी शून्यता हटाउन विधेयक ल्याइएको हो: कानुनमन्त्री गौतम