
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले साधारणसभा बोलाएको छ । बैंकको वैशाख २० गते बसेको सञ्चालक समितिको बैठकले जेठ १८ गते सोमबारका लागि साधारणसभा बोलाएको हो । बैंकको २८ औँ सभा काठमाडौंको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ९ बजे सुरु हुने छ ।
बैंकले यसअघि नै सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरिसकेको छ । सभाले २ः१ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न र आवश्यकता अनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ । साथै अधिकृत पूँजी वृद्धि गरी १९ अर्ब ९२ करोडबाट २७ अर्ब ३८ करोड बनाउन, जारी पूँजी १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट २७ अर्ब ३७ करोड ६३ लाख बनाउन र चुक्ता पूँजी १९ अर्ब ९१ करोड ७५ लाख रुपैयाँबाट २७ अर्ब ३७ करोड ६३ लाख बनाउन स्वीकृति दिने र केन्द्रीय कार्यालय कमलादीस्थित आफ्नै भवनमा कायम गर्ने प्रस्ताव पारित गर्नेछ।
यसका अतिरिक्त गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहित सहायक कम्पनी एनआईसी एशिया लघुवित्त र एनआईसी एशिया क्यापिटलको वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण पारित गर्नेछ । त्यस्तै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने, सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवालको नियुक्ति अनुमोदन गर्ने, सर्वसाधारण शेयरधनी अनुपा प्रधान राजभण्डारीको नियुक्ति अनुमोदन गर्ने र संस्थापक सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गरिनेछ।
साधारणसभा प्रयोजनार्थ बैंकले जेठ ६ गतेदेखि १८ गतेसम्म बूक क्लोज गर्ने निर्णय गरेको छ। बूक क्लोजको आधारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा जेठ ५ गतेसम्म कायम सेयरधनी मात्रै साधारणसभामा भाग लिन र मनदान गर्न योग्य हुनेछन्।













समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले