
काठमाडौं । यो साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक भारी अंकले घटेको छ । कारोबार हुने पहिलो दिन आइतबार सेयर बजार परिसूचक ५३ दशमलव ६३ अंकले घटेको हो ।
आज अघिल्लो कारोबार दिन (बिहीबार) को भन्दा सेयर बजार परिसूचक १.९५ प्रतिशतले घटेको हो । आइतबार सेयर बजार परिसूचक २७०० विन्दुभन्दा तल झरेको छ । आजको कारोबार बन्द हुँदा नेप्से २६९५ दशमलव ९३ विन्दुमा झरेको छ । केही दिन देखि लगातार रुपमा सेयर बजारमा गिरावट आइरहेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनी मध्ये २०९ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ३१ वटा कम्पनीको सेयर मूल्य बढ्दा ४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेप्सेसँगै कारोबार रकममा पनि भारी गिरवाट आएको छ । आज सेयर बजारमा १० अर्ब भन्दा बढीको मात्रै कारोबार भएको छ । आज नेप्सेमा ३३७ कम्पनीका २ करोड ६२ लाख ४६ हजार ४३५ कित्ता सेयर १ लाख ३० हजार ६३२ पटक खरिद बिक्री हुँदा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३४९ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशकलव ९१ अंकले घटेर ४८० दशमलव ८८ विन्दुमा पुगेको छ । आज सेयर बजारमा म्युच्युअल फण्ड बाहेक सबै उपसूचकको सेयर मूल्यमा गिरावट आएको छ ।
आजको कारोबार बन्द हुँदा तीन कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
एभीएमका प्रजित र वियंका च्याम्पियन
१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन
मंगोलियाका आउटसाइड हिटर उरानबायरले अन्नपूर्णबाट एनपिएल खेल्ने
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज
बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन निर्माण व्यवसायी महासंघले सवारी साधन जुटाउँदै
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
दृष्टि आई केयरद्वारा बाढीपीडितलाई १६ लाख १ हजार सहयोग
जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
नेपाल शेर्पा संघले संकलन गर्यो भोटेकोशी बाढीमा बेपत्ता शेर्पाहरूको विवरण
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम