
काठमाडौ । नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनको वाग्मती प्रदेश कमिटीको अध्यक्षमा कल्पना महर्जन निर्वाचित भएकी छिन् । पुस २० गते शनिवार ज्वागल ललितपुरमा रहेको नेवाः भ्वय् छें एण्ड पार्टी प्यालेसमा सम्पन्न कमिटीको निर्वाचनबाट ९ सदस्यीय कार्यसमितिको अध्यक्षमा महर्जन निर्वाचित भएकी हुन् ।
कमीटीको उपाध्यक्षमा रविन्द्र महर्जन र सुरज बस्नेत निर्वाचित भएका छन् । त्यस्तै सचिवमा नवीना गुरुङ, कोषाध्यक्षमा डोमा तामाङ र सदस्यहरुमा दावा टासी शेर्पा, चन्द्र कृष्ण चक्रधर, मनीष महर्जन र अनुप सुवेदी निर्वाचित भएका छन् । त्यस्तै, काठमाडौँ उपत्यका कमिटीमा रुपेश अधिकारी नेतृत्वको नयाँ कार्यसमिति निर्वाचित भएको छ । उपत्यका कमिटीको उपाध्यक्षमा श्रीधर पौडेल र बुद्धि राम शर्मा, सचिवमा सुवास सुवेदी, कोषाध्यक्षमा हरिभक्त महर्जन र सदस्यहरुमा शोभा सापकोटा थापा, विजय प्रसाद बस्याल, जित बुधवार तथा गंगा थापा मगर निर्वाचित भएका छन् ।
बाग्मती प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक लामा तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका अध्यक्ष रमेश पौडेल, बेसबल संघका अध्यक्ष दीपक न्यौपाने, स्केटिङ तथा आइस स्केटिङ संघका अध्यक्ष अच्युत खनाल, नेपाल आई टि एफ तेक्वान्डो महासंघका सचिव अन्जना शिवाकोटी, नेपाल क्लाइम्बिङ स्पोर्ट एशोसिएशनका महासचिव सन्तोष मादेन, सचिव सुजित कँडेल. कोषाध्यक्ष प्रनिल मान श्रेष्ठलगायतको विशेष उपस्थिति रहेको थियो ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद