
काठमाडौं, – नेपाल शेर्पा संघको आगामी केन्द्रीय सातौँ महाधिवेशनलाई लक्षित गर्दै वर्तमान उपाध्यक्ष तेन्जी शेर्पाले स्वतन्त्र उम्मेदवारको रूपमा अध्यक्ष पदमा उम्मेदवारी दिने पक्का गरेका छन् ।शेर्पा समुदायमा लामो समयदेखि सक्रिय सामाजिक व्यक्तित्वको रूपमा परिचित तेन्जी शेर्पाले संघको संस्थागत सुदृढीकरण, पारदर्शिता, र पहिचानको संरक्षणका सवालमा आफ्नो स्पष्ट दृष्टिकोण प्रस्तुत गर्दै स्वतन्त्र बाटो रोजेका हुन् ।
विगतमा आफूले संघको भवन खरिद प्रक्रिया, शेर्पा सघको भवनमा परम्परागत शैलीको सभा हल निर्माण, तथा शान्ति स्तूप ध्यान केन्द्रको स्थापना, शेर्पा ट्रष्टको स्थापना गर्ने जस्ता महत्वपूर्ण कार्यहरूमा नेतृत्वदायी भूमिका खेलेका छन् । साथै, आगामी कार्यकालमा दीर्घकालीन रणनीति सहित पहिचानको आधारमा स्वायत्त शेर्पा प्रदेश स्थापनाका लागि पहल गर्ने उनको मुख्य एजेन्डा रहेको छ ।स्वतन्त्र उम्मेदवारीका कारण तेन्जी शेर्पाले कुनै विशेष समूह वा गुटको समर्थनमा होइन, सम्पूर्ण शेर्पा समुदायको साझा हित र विश्वासलाई प्रतिनिधित्व गर्ने उद्देश्य राखेको बताएका छन् । उनले भने, “यो उम्मेदवारी व्यक्तिगत हैसियतबाट नभई सम्पूर्ण समुदायको अधिकार र भविष्यलाई संस्थागत बनाउनका लागि हो ।”उनको घोषणापत्रमा युवा नेतृत्व विकास, शिक्षा, आर्थिक सशक्तिकरण, जलवायु परिवर्तनको असरमाथि आवाज, र अन्तर्राष्ट्रिय स्तरमा शेर्पा पहिचानको प्रवद्र्धन लगायतका बहुआयामिक योजनाहरू समावेश छन् । तेन्जी शेर्पाको स्वतन्त्र उम्मेदवारीले महाधिवेशनको प्रतिस्पर्धालाई अझ रोचक र उद्देश्यपूर्ण बनाउने देखिएको छ । संघको नेतृत्वमा नयाँ सोच, पारदर्शिता र कार्यक्षमता ल्याउने उनको प्रतिबद्धता छ । शेर्पा संघको सातौँ महाधिवेशन आगामी असार १ र २ गते काठमाण्डौँ बौद्ध स्थित शेर्पा सेवा केन्द्रको हलमा सम्पन्न हुने तयारीमा छ ।














समाचार
दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति
कर्णाली प्रदेश सभाका सांसद शर्मा पदमुक्त
नारायणीको जलसतह साढे चार मिटर घट्यो
टिमुरेको टेलिफोन टावरमा सोलार जडान, डिजेल ढुवानीको बाध्यता हट्यो
विद्युत आपूर्तिलाई व्यवस्थित एवम् सन्तुलित बनाउने कार्यमा अगाडि बढेको छ : प्राधिकरण
विद्युत महसुलमा लगाइएको भ्याटले लागत बढ्यो, फिर्ता लिन सरकारलाई महासंघको आग्रह
चार महिनापछि सुकेटार विमानस्थलमा उडान सुरु, ताप्लेजुङवासीमा खुसी
हर्मुज खोल्ने इरानी प्रस्ताव अस्वीकार
१५२ देशसँग वैदेशिक व्यापार: ३१ मुलुकसँग मात्रै नाफा
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५३ जनाको शव फेला