
काठमाडौं । साहस ऊर्जा लिमिटेडको १२ औँ वार्षिक साधारणसभा आज बस्दैछ । उक्त सभा काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि बस्दैछ ।
साधारणसभाले हाल कायम चुक्ता पुँजीको २१ प्रतिशत बोनस सेयर १.१०५३ प्रतिशत नगद लाभांश र लाभांश वितरणपछि कायम हुने चुक्ता पुँजीको शतप्रतिशत अर्थात् १ बराबर १ को अनुपातमा ४ करोड ५७ लाख ३८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । त्यसैगरी गत आवको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ ।
कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सम्बन्धित निकायबाट कुनै संशोधन, फेरबदल वा थपघट गर्न कुनै सुझाव वा निर्देशन प्राप्त भएमा सोही बमोजिम आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले मंसिर ५ गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा मंसिर ४ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरू मात्रै कम्पनीको सो साधारणसभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।












समाचार
आँबुखैरेनीमा ४५ रोपनीमा सयपत्री फूलखेती
सहरको स्वादका लागि छुट्छ हिमालको दशैं-तिहार
सेती प्रादेशिक अस्पताललाई २५ करोड ५० लाख बजेट
कात्तिक ११ गतेदेखि आईपीओ निष्काशन गर्दै हिम पर्वत हाइड्रोपावर
आजदेखि उपत्यकामा ११ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साट्न पाइने (सूचीसहित)
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै