
काठमाडौं । पोर्चुगललाई हराउँदै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पारजित गर्दै क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
स्पेनको जितमा मिकेल मेरिनोले गरेको गोल नै निर्णायक बन्यो । मेरिनोले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा फेरान टोरेसको पासमा गोल गरेको थिए । जुन स्पेनको जितका लागि पर्याप्त भयो । खेलमा बल पोजिसनदेखि सर्ट प्रहारसम्म स्पेन पोचुर्गलभन्दा अघि रह्यो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ । यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो ।
स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन । सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो ।













समाचार
लिभरपुललाई हराउँदै सिटीको शतप्रतिशत जित यात्रा
रियाद विमानस्थललाई लक्षित गरी दोस्रो पटक आक्रमण, १ जनाको मृत्यु, ११ घाइते
जनकपुर चुरोट कारखानाको डीडीए सम्पन्न, लेनादेना भए २१ दिनभित्र दाबी गर्न आग्रह
कांग्रेस उपसभापतिमा भण्डारी, आचार्य र चौधरी तथा महामन्त्रीमा पौडेल, राणा र सङ्ग्रौला विजयी
नवरात्रको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै
दोहोरो वायुको प्रभाव : कस्तो रहला आजको मौसम ?
विदेशी विनिमयदर : कुन मुद्राको सटहीदर कति ?
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते