पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित

काठमाडौं। पोर्चुगिज फुटबल महासंघ (एफपीएफ) ले क्रिस्टियानो रोनाल्डोलाई अस्थायी रूपमा निलम्बन गर्दै उनीमाथि अनुशासनात्मक अनुसन्धान सुरु गरेको छ। महासंघले सन् २०२६ अक्टोबर ९ मा अनुशासनात्मक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो। महासंघले शनिबार दिउँसो सार्वजनिक गरेको वक्तव्यअनुसार अक्टोबर ७ मा भएका घटनाको अनुशासनात्मक प्रभावबारे छानबिन गरिनेछ।

अनुसन्धान पूरा नभएसम्म यस विषयमा सार्वजनिक जानकारी दिन रोक लगाइएको पनि वक्तव्यमा उल्लेख छ। रोनाल्डोमाथि यसअघि लागू भएको स्वतः अस्थायी निलम्बनबाहेक थप अस्थायी निलम्बन लगाइएको महासंघले जनाएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अनुसन्धान प्रक्रियालाई शीघ्र अघि बढाउने निर्णय गरिएको हो।

रोनाल्डोले बुधबार राति सार्वजनिक गरेको लामो वक्तव्यमा अनुमति नलिई पोर्चुगलको राष्ट्रिय टोलीको प्रशिक्षण क्याम्प छाडेकामा आफू कारबाहीको भागीदार हुनुपर्ने स्वीकार गरेका थिए। महासंघले अक्टोबर १० मा उक्त मुद्दा एफपीएफको अनुशासनात्मक अनुसन्धान समितिमा पठाएको जनाएको छ। अनुसन्धान पूरा नभएसम्म घटनासम्बन्धी थप विवरण सार्वजनिक नगरिने उल्लेख छ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर