
प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मातहतका निकायबाट तिहार÷छठयता भएका प्रमुख कार्यसम्पादनका हाइलाइट्स :
– यस अवधिमा सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले मित्रराष्ट्र भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गर्नुभएको छ। यही मंसिर ६ र ७ गते भएको भ्रमणका क्रममा दुई देशबीच उच्चस्तरीय भेटवार्ता तथा महत्त्वपूर्ण सहकार्यका विषयमा छलफल भएको छ।
– जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको पुनस्र्थापना, जीवनयापन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत प्याकेज कार्यान्वयनको प्रगति समीक्षा गरी बाँकी काम शीघ्र सम्पन्न गर्न सम्बन्धित मन्त्रालय तथा निकायलाई निर्देशन दिइएको छ। साथै, नेपाल जेनजी परिषद् गठन तथा सञ्चालनसम्बन्धी आदेशको मस्यौदा तयार गरी राय तथा परामर्शका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाइएको छ।
– प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १८ अर्ब ६२ करोड ८९ लाख ११ हजार ७४२ रुपैयाँ जम्मा भएको छ। त्यसमध्ये एक अर्ब रुपैयाँ विपद् व्यवस्थापन कोषमा निकासा गरिएको छ।
– सङ्घ, प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने वार्षिक योजना, बजेट तथा कार्यक्रमबीच नीतिगत सामञ्जस्यता कायम गर्न र दोहोरोपना हटाउन पछिल्ला तीन आर्थिक वर्षको तुलनात्मक अध्ययनको ढाँचा तयार गरिएको छ।
– राष्ट्रिय दूरसञ्चार नीति, २०८३ को मस्यौदामाथि सम्बन्धित विज्ञ तथा नीति प्रयोगशालाका पदाधिकारीबाट रायसुझाव लिएर परिमार्जन प्रक्रिया अघि बढाइएको छ।
– सरकारी निकायबाट सञ्चालन हुने सीपमूलक तालिमको गुणस्तर र प्रभावकारिता अभिवृद्धि गर्न तथा तीनै तहका सरकारका कार्यक्रमबीच दोहोरोपना हटाउन अध्ययन तथा सुझाव कार्यदल गठन गरिएको छ।
– नेपाललाई सूचना प्रविधि आउटसोर्सिङ र सफ्टवेयर विकासको आकर्षक गन्तव्य बनाउन विदेशी प्रविधि कम्पनीलाई द्रुतमार्गबाट स्वीकृति दिने विशेष लगानी सहजीकरण नीतिको तयारी अघि बढाइएको छ।
– राष्ट्रिय साइबर सुरक्षा केन्द्रको आयोजनामा राष्ट्रिय संवेदनशील सूचना पूर्वाधारको पहिचान र संरक्षणसम्बन्धी कार्यशाला सम्पन्न गरिएको छ। विभिन्न नियामक निकाय तथा सुरक्षा निकायका प्रतिनिधिबीच साइबर सुरक्षाबारे छलफल भएको छ।
– सिंहदरबार प्रवेशद्वारको लामो समयदेखि अवरुद्ध गेटपास प्रणाली आवश्यक प्राविधिक सुधार गरी पुनः सञ्चालनमा ल्याइएको छ।
– लगानी सम्मेलन २०१९ मा सोकेस गरिएको तल्लो अरुण जलविद्युत् परियोजना बीओओटी मोडलमा निर्माण गर्न विकासकर्ता छनोट गरिएको छ। नेपाल–भारत भ्रमणका क्रममा दुवै देशका सम्माननीय प्रधानमन्त्रीज्यूबाट संयुक्त रूपमा शिलान्यास गरिएको उक्त परियोजनाको पहिलो प्याकेजका लागि ११ अर्ब ४९ करोड २१ लाख भारतीय रुपैयाँको ठेक्का आह्वान गरिएको छ।
– निर्माण तथा परामर्श सेवा खरिदसम्बन्धी विषयमा २३ वटा सार्वजनिक निकायलाई आवश्यक राय तथा परामर्श प्रदान गरिएको छ।
– सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३ स्वीकृत भई जारी गरिएको छ।
– सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित बनाउन चारवटा मानक बोलपत्र तथा खरिदसम्बन्धी कागजात तयार गर्न परामर्शदातासँग सम्झौता गरी कार्यादेश दिइएको छ।
– नयाँ विद्युतीय सरकारी खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याइएको छ। उक्त प्रणालीमा कार्तिक महिनामा १ हजार ४५२ बोलपत्रदाता र ४९५ सार्वजनिक निकाय दर्ता भएका छन्।
– सार्वजनिक निकायका प्राविधिक परीक्षण प्रतिवेदनमा औँल्याइएका बेरुजु तथा अनियमिततासम्बन्धी विषयको अनुगमन गर्न चितवन, मकवानपुर र सिन्धुलीमा प्राविधिक टोली परिचालन गरिएको छ।
– सार्वजनिक निकायमा कर्मचारीको आचारसंहिता पालना, सेवा प्रवाह र सेवाग्राही सन्तुष्टिको अवस्था अनुगमन गर्न विभिन्न जिल्लामा टोली परिचालन गरिएको छ। सदाचार शिक्षा तथा सचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिएको छ।
– नेपाल ट्रष्टको स्वामित्वमा रहेको सम्पत्ति संरक्षण तथा व्यावसायिक सदुपयोगको सम्भावना अध्ययन गर्न धादिङको छत्रे देउरालीस्थित करिब १५ हजार रोपनी क्षेत्रमा अनुगमन गरिएको छ। साथै, सम्पत्तिको दिगो उपयोगका लागि लिजसम्बन्धी नियमावली तयार गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ।










समाचार
रनग रिन्पोछे “डोल्पो बुद्ध” को कृति ‘दीप’ सार्वजनिक हुँदै
दक्षिण कोरियाली संस्थाको सहकार्यमा बाढीपीडित परिवारलाई राहत
भोटेकोशी बाढीपीडितका लागि ब्रिटिश गोर्खासम्बद्ध संस्थाद्वारा ६२ लाखभन्दा बढी सहयोग हस्तान्तरण
रोमानियामा ६ सय नेपाली श्रमिक आन्दोलनमा, काम र तलब नपाएको गुनासो
दिल्लीमा प्रधानमन्त्री बालेनको २५ घण्टा
चारुमती विहारको इतिहास झल्काउने मूर्ति भारतीय राष्ट्रपतिलाई उपहार दिँदै प्रधानमन्त्री बालेन
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि