
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेको नाफा सामान्य घटेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण अनुसार ३.८२ प्रतिशत नाफा घटेको हो ।
चालु आर्थिक वर्षको पहिलो ३ महिनामा बैंकले १ अर्ब ४६ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.८२ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.८३ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी ३०.०९ प्रतिशत बढेको छ। बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा २.५० प्रतिशत र सञ्चालन मुनाफा १९.९६ प्रतिशत घटेको छ ।
नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ६८ पैसा घटेर १७ रुपैयाँ १६ पैसामा सीमित भएको छ । असोज मसान्तसम्ममा बैंकको प्रतिसेयर नेटवर्थ १८४ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १४.८० गुणा रहेको छ ।
३४ अर्ब १२ करोड ८५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोष पछिल्लो ३ महिनामा ६.०६ प्रतिशत बढेको छ। त्यस्तै, सो अवधिमा बैंकको निक्षेप ७.४१ प्रतिशत र कर्जा तथा सापटी ५.५० प्रतिशत बढेको छ ।













समाचार
मन्त्री मेहताद्वारा ट्रमा सेन्टरको निरीक्षण
तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर
माहुत समुदायः परम्परागत पेसा छुट्यो, अभाव र सङ्कट घटेन
डोको बुन्दै, सीप सिकाउँदै
नयाँ बसपार्कमा टिकट लिन रातिदेखि यात्रुको लाइन
शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु अरुका लागि अनुकरणीय
पाकिस्तानलाई १.२ अर्ब डलर सहयोगमा आईएमएफको सहमति
बाढीले पुलमा क्षति पुर्याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर
कांग्रेस १५औँ महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि आज मतदान
मनसुनी वायुको प्रभाव कायमै, ती प्रदेशमा भारी वर्षाको सम्भावना