
काठमाडौं । बुधबार सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ । अघिल्लो दिन दोहोरो अंकले बढेको सेयर मूल्य आज दोहोरो अंकले नै घटेको हो ।
आज सेयर बजार कारोबार बन्द हुँदा करिब २५ अंकले घटेको हो । आज सेयर बजारमा २४ दशमलव ९७ अंकले घटेर २७५० दशमलव ८७ विन्दुमा पुगेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव १८ अंकले घटेर ४६९ दशमलव ०३ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये ३ वटाको सेयर मूल्य मात्रै बढेको छ भने १० उपसूचकको सेयर मूल्य भने घटेको छ ।
आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १३२ वटाको सेयर मूल्य घटेको छ भने १०४ कम्पनीको सेयर मूल्य बढेको छ । त्यस्तै ८ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । परिसूचक घटेको दिन कारोबार रकममा भने सामान्य सुधार आएको छ । अघिल्लो दिन साढे ८ अर्ब भन्दा माथिको कारोबार भएको बजार आज ९ अर्बभन्दा माथिको कारोबार भएको छ । आज ३२० कम्पनीका २ करोड ३ लाख ३२ हजार ६६ कित्ता सेयर ९६ हजार ६७७ पटक खरिद बिक्री हुँदा ९ अर्ब १३ करोड २४ लाख ६८ हजार ९०६ रुपैयाँको कारोबार भएको छ ।
आजको कारोबार बन्द हुँदा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै दुई कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।













समाचार
विपद्को कठिन परिस्थितीमा संयम र जिम्मेवार भई व्यापार व्यावसाय संचालन गर्न चेम्बरको आग्रह
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषको १ करोड १ लाख सहयोग
एमएडब्लू ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग
रसुवा बाढी : ९३९ जनाको शव फेला, ३ हजार ९२५ बेपत्ता
रसुवागढीमा बाढीपछि तातोपानी नाका पनि बन्द
एकै दिन अर्थमन्त्रीमार्फत दाताले दिए प्रधानमन्त्री राहत कोषका लागि ६० करोड सहयाेग
मोबाइल बैंकिङ्ग एपबाट सिधै ‘प्रधानमन्त्री राहत कोष’ मा रकम पठाउने व्यवस्था गर्न बैंक तथा बित्तिय संस्थालाइ नेपाल राष्ट्र बैंकको निर्देशन
बालश्रम अन्त्यका लागि सरोकारवालाहरु बीच सहकार्यमा जोड
रास्वपा सभापति रवि लामिछाने र राष्ट्रपति पौडेलबिच भेट रसुवा बाढीको बारेमा ब्रिफिङ
सन्दीपको सानदार बलिङमा नेपालको सहज जित