
वीरगञ्ज । सशस्त्र प्रहरी बल पर्साले छिमेकी मुलुक भारतबाट अवैध तस्करी गरेर भित्र्याएको प्रतिबन्धित सात हजार ५०० गोटा कुखुराको चल्ला बरामद गरेको छ । सशस्त्र प्रहरी बल पर्साबाट खटिएको टोलीले आज बिहान बहुदरमाई नगरपालिका–५ डकैला चोकबाट भारतबाट अवैध रुपमा चोरी पैठारी गरी तीनवटा भारतीय नम्बर प्लेटका मोटरसाइकलमा लोड गरेर नेपाल ल्याउँदै गरेको ७५ कार्टनु अर्थात् सात हजार ५०० गोटा प्रतिबन्धित ब्रोइलर कुखुराको चल्ला नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरी बल नेपाल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहले बरामद भएको प्रतिबन्धित कुखुराको चल्लालाई क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि र सञ्चारकर्मीको उपस्थितिमा नष्ट गरिएको जानकारी दिए। सो चल्ला पैठारी कार्यमा प्रयोग भएका मोटरसाइकललाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको जनाइएको छ ।













समाचार
सेयर बजार घट्ने क्रम जारी, परिसूचक २७०० मा, कारोबार रकम ४ अर्ब माथि
न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा
प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्दै, कहिले देखि दिन पाइन्छ आवेदन ?
हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी तीव्र
कोशीटप्पु वन्यजन्तु आरक्ष : पर्यटकको आकर्षण बढ्यो
माउण्ट एभरेष्ट पावरको आईपीओमा आजसम्म मात्रै आवेदन दिन पाइने
रैथाने गाई सङ्कटमा
केब भार्डेले उरुग्वेलाई पनि बराबरीमा रोक्यो
धार्मिक पर्यटकीयस्थल बन्दै ‘आत्मा पवित्र गुराँसे माङहिम’
विश्वकप फुटबल : इरान र बेल्जियम गोलरहित बराबरीमा