
काठमाडौं । पछिल्लो १० महिनामा १० लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भ्रमणमा आएका छन् । सन् २०२६ को १० महिनामा १० लाख आठ हजार ६१६ पर्यटक नेपाल भित्रिएका हुन् ।
जनवरीमा ९२ हजार ५७३, फेब्रुअरीमा एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४ र मेमा एक लाख दुई लाख ६२६ जना विदेशी पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
यस्तै, जुनमा ९१ हजार ३६३, जुलाईमा ७६ हजार ३७, अगस्टमा ९१ हजार ५६, सेटेम्बरमा ८८ हजार २५६ पर्यटक नेपाल आएको तथ्यांक छ । अक्टोबरमा यस वर्षकै सबैभन्दा बढी एक लाख ३२ हजार ८१४ जना विदेशी पर्यटक नेपाल आएका छन् ।
अक्टोबरमा अमेरिकाबाट सबैभन्दा धेरै १७ हजार ४३७ पर्यटक आएका छन् । यसअघि भारत तथा चीनबाट धेरै पर्यटक आउने गर्दथे । तर, अक्टोबरमा अमेरिकाबाट आउने पर्यटकको संख्या सबैभन्दा धेरै देखिएको छ ।
दोस्रो स्थानमा भने छिमेकी देश भारत रहेको छ । भारतबाट १२ हजार ९७ पर्यटक आएका छन् । तेस्रो अर्को छिमेकी देश चीनबाट ११ हजार ६९५ पर्यटक आएको तथ्यांक छ ।
बेलायतबाट नौ हजार ३८५, अस्ट्रेलियाबाट नौ हजार ३५२, जर्मनीबाट ६ हजार ११४, माल्दिभ्सबाट पाँच हजार ५६०, बंगलादेशबाट चार हजार ८९३, फ्रान्सबाट चार हजार १६४ र म्यानमारबाट तीन हजार २५ पर्यटक आएका छन् ।
यस अवधिमा दक्षिणा एसियाबाट दुई लााख ५५ हजार ४३६, अन्य एसियन मुलुकबाट एक लाख ४५ हजार ९६७, युरोपबाट एक लाख १७ हजार ५६१, अस्ट्रेलियाबाट तीन लाख ५०, न्युजिल्यान्डबाट दुई हजार ८२७, अमेरिकी मुलुकबाट ६९ हजार ३४४, मध्य–पूर्वबाट १० हजार ५६९, अफ्रकी मुलुकबाट दुई हजार ४१६ तथा अन्य मुलुकबाट ३२ हजार ८७६ जना पर्यटक आएका छन् ।
शरद ऋतुमा पर्यटकको आकर्षण मनास्लुमा, दोस्रोमा आमादब्लम
काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहण गर्नका लागि ७६ देशका एक हजार ४१० जनाले अनुमति लिएका छन् । यही अवधिमा दशैँ, तिहार, छठलगायतका चाडपर्व पर्छन । यो अवधिमा मौसम सफा र सुहाउँदो हुने भएकाले आरोहणका लागि उपयुक्त मानिन्छ । त्यसैले यो सिजनमा देशी तथा विदेश पर्यटकहरूले विभिन्न हिमालको आरोहण गरेका छन् ।
पर्यटन विभागको कात्तिक १० गते मंगलबारसम्मको तथ्यांकअनुसार १६१ टोलीमा रहेका १ हजार ६९ पुरुष र ३४१ महिला आरोही गरी १ हजार ४१० जनाले ३१ करोड ८० लाख ५० हजार ७७८ रुपैयाँ राजस्व संकलन भएको छ ।
आरोहण अनुमति प्रदान गरिएका हिमालमध्ये आठ हजार १६३ मिटर अग्लो मनास्लु हिमालमा सबैभन्दा धेरै आकर्षण देखिएको छ । मनास्लुमा ४३ टोलीका ५०० जना आरोहीले अनुमति लिएका हुन् । जसमा ३७३ पुरुष र १२७ महिला आरोही छन् । जसबाट २२ करोड ५८ लाखभन्दा बढी राजस्व संकलन भएको छ ।
शरद ऋतुमा मनास्लुपछि दोस्रो स्थानमा आमादब्लम रहेको छ, ३२ टोलीका जहाँ ३८६ जनाले अनुमति लिएका छन् । जहाँ २९० पुरुष र ९६ महिला छन् ।
आमादब्लम हिमालबाट ३ लाख ७८ हजार अमेरिकी डलर अर्थात् ५ करोड ७६ लाख ९९ हजार ६५० रुपैयाँ रोयल्टी संकलन भएको छ ।
हिमलुङ हिमालबाट ४८ हजार ४०० अमेरिकी डलर अर्थात् ७४ लाख २७ हजार ७२० रुपैयाँ रोयल्टी संकलन भएको छ । त्यस्तै, चाम्लाङ हिमालबाट २६ हजार अमेरिकी डलर अर्थात् ३९ लाख ५५ हजार रुपैयाँ रोयल्टी उठेको छ ।
अन्य हिमालमध्ये धौलागिरि दोस्रोबाट ५५ हजार ५०० अमेरिकी डलर, सारिबुङबाट ७ हजार अमेरिकी डलर तथा सगरमाथाबाट २० हजार अमेरिकी डलर रोयल्टी संकलन भएको छ ।
देशगत विवरणअनुसार नेपालमा हिमाल आरोहणका लागि अनुमति लिने विदेशी आरोहीमध्ये चीन पहिलो स्थानमा छ । चीनबाट १४१ जनाले आरोहण अनुमति लिएका छन् । त्यसपछि स्रोतमा फ्रान्सबाट १३०, तेस्रोमा अमेरिकाबाट ११९, चौथोमा रुसबाट १०८ र पाँचौमा जर्मनीबाट ९७ जनाले अनुमति लिएका छन् ।
त्यस्तै, बेलायतबाट ९६, स्विट्जरल्यान्ड र इटालीबाट समान ४७–४७, अस्ट्रेलियाबाट ४२, पोल्यान्डबाट ४१, भारतबाट ४०, चेक गणतन्त्रबाट ३९ र क्यानडाबाट ३७ जनाले अनुमति लिएका छन् ।
जापानबाट ३५, नेपालबाट ३३, नर्वेबाट ३२, स्पेनबाट ३१ र अस्ट्रियाबाट ३० जनाले हिमाल आरोहणका लागि अनुमति लिएको विभागको तथ्यांक छ ।
लैङ्गिक विवरणअनुसार आरोहण अनुमति लिने कुल १ हजार ४१० जनामध्ये पुरुषको संख्या करिब ७५.८ प्रतिशत र महिलाको संख्या करिब २४.२ प्रतिशत छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम